सलमानलाई सातदिने अल्टिमेटम

Posted:: (3 years ago) | June 23, 2016| 843 views

बलिउड अभिनेता सलमान खान ‘बलात्कृत महिला’बारे अभिव्यक्तिका कारण आलोचनाको सिकार भएका छन् । भारतको राष्ट्रिय महिला आयोगले उनको तिखो आलोचना गर्दै सलमानले माफी माग्नुपर्ने माग राखेको छ । यसका लागि उनलाई सात दिनको अल्टिमेटम दिइएको छ ।
408982-afp-salman-khan-2समाचार एजेन्सी एएनआईका अनुसार महिला आयोगले सलमानलाई लिखितपत्र पनि पठाइसकेको छ । आयोगले सलमानको उक्त कमेन्टको कारण पनि सोधेको छ । उता, सलमानका पिता सलिमले यसबारे माफी मागिसकेका छन् ।
सलमानले एक अन्तर्वार्तामा नयाँ फिल्म ‘सुल्तान’ सुटिङमा कति समस्या भयो भनेर सोधिएको प्रश्नमा जवाफ दिएका थिए, ‘दैनिक ६ घन्टाको सुटिङमा मैदानमा गह्राँै सामान उठाउनुपथ्र्यो । सुटिङमा यस्तो लाग्थ्यो, मानौँ एक सय २० किलोको मान्छे १० पटक १० वटा फरक–फरक कोणबाट उठाइएको हो । त्यहाँबाट निस्किँदा एउटा बलात्कृत महिलाको जस्तो ज्यान शिथिल हुन्थ्यो ।’ सलमानले सुटिङमा भएको थकाइलाई बलात्कृत महिलासँग तुलना गरेपछि यो विवाद निम्तिएको हो ।

प्रतिक्रिया दिनुहोस

About eawadh

One comment

  1. Salman khan le dieko avibyakty le mahila himsa ra balatkrit mahila ko pida lai thap pida diyeko ra blatkar garne byakti ra mansay vayeka byakti lai badhawa diyeko cha public icon vaeka salman le yee kura la ra yasta sabd lai dhyan dinu parne ho. Afno release ko kram ma raheko Film sultan lai Hit garna mahila ko samvedansilta lai dhyan ma rakhnu parch, salman le aam mafi magnu parch.

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*