आशंकामा अख्तियारको अपरेशन (भिडियो सहित)

Posted:: (3 years ago) | July 17, 2016| 1,240 views

नेपालगन्ज । २ लाख ५० हजार रुपैयाँ घूससहित शुक्रवार दिउँसो डेढ बजे पक्राउ परेका भनिएका कृषि अनुसन्धान परिषद् नार्कका कोसेबाली अनुसन्धान प्राविधिक अधिकृत विरेन्द्रकुमार यादवमाथि साह्रै अन्याय भएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।
नजिकै खेतमा काम गरिरहेकी सुशीला गोडियाले अवध पोस्टसँग भनिन्, ‘यादवको ज्यान लिने प्रयास भएको थियो । हिलोमा २ जनाले हदैसम्म कूटपीट गरे, नजिकै जेनरेटर चली रहेकोले कराएको आवाज आएन, ’ उनले भनिन्, ‘पछि अख्तियारका कर्मचारी र ठेकेदारले करेन्ट लागेको हल्ला गरे । ’

‘कुटपिट गरेका कारण यादव बेहोस भएका थिए’ , उनले भनिन्, ‘त्यहाँ मार्ने योजना थियो, केहि बेरपछि अरु मानिसहरु नजिक जान खोजे, उनीहरुलाई तथानाम गाली गलौज गरियो । महिलालाई पनि छाडेनन् ।’
कृषि अनुसन्धान परिषद् नार्कका कोसेबाली अनुसन्धान प्राविधिक अधिकृत विरेन्द्रकुमार यादवलाई बाँकेको खुजरास्थित कार्यालयबाट घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुुर सम्पर्क कार्यालयले पक्राउ गर्दा ज्यादती भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेपछि यादवलाई अख्तियारले आइतवार विहान काठमाडौ पठाएको छ ।
बाँके बागेश्वरी–२ खजुराका घनश्याम निरौलाले यादवलाई कोसेबाली अनुन्धान कार्यक्रम कार्यालयको उत्तरपट्टी निर्माणाधीन बोरिङ गृह नजिकै निर्मम कुटपिट गरिरहेको आफूले देखेपछि उजुरी दर्ता गरेको बताएका छन् ।
प्राविधक अधिकृत यादव वारदात स्थलमा पहिला एक्लै गएको र पछि ठेकेदार दुई जना सहित पुगेर कूटपीट गर्न थालेका थिए । प्रत्यक्षदर्शीले भने, ‘रकम लेनदेनको त कुरै थिएन । बोरिंगबाट बालुवा आएको त्यसलाई अनुगमन गर्न पुगेका अधिकृतले कसरी घूस माँगे भन्ने नै आशंकाको विषय रहेको स्थानीयले बताएका छन् ।’
अख्तियारका क्षेत्रीय प्रमुख दीपक थापाले भने अपरेशनका दौरान सामान्य धक्कामुक्की भएको कुरा शनिवार नै स्वीकारी सकेका छन् । अख्तियार सम्पर्क कार्यालय कोहलपुरका प्रमुख चित्र गुरुगंले भने, ‘हाम्रो एडवान्स टोली हुन्छ । जुन निवेदकसँगै स्थलगत रुपमा खटिएको हुन्छ ।’
गुरुंगले भने, ‘त्यसरी रकम लिएर भाग्न खोज्दा पक्राउ गर्ने क्रममा चोटपटक लाग्नु स्वभाविक हो, त्यसरी उत्पन्न भएको परिस्थिति अभियुक्तले नै तयार गरेको हो । मैले त्यसमा केहि भन्न सक्दैन, हामीले कसैलाई फसाउने होइन’, उनले भने, जे हो त्यो नै हो ।

प्रतिक्रिया दिनुहोस

About Prabhat Devkota

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*