प्रशासनमा पोखियो बाढीपीडितको आक्रोश (भिडियोसहित)

Posted:: (3 years ago) | July 31, 2016| 665 views

नेपालगन्ज, १६ साउन
बाँकेका बाढीपीडितहरुले आज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । बर्षैपिच्छे जसो बाढीले आफुहरुको विच्चली भइरहँदा पनि दिगो समाधानका लागि सरकारले पहल नगरेको भन्दै पीडितहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै सडकमा टायर बालेर केहीबेर चक्काजाम गरेका छन् । घेराउ र धर्नामा सहभागी हुन होलिया, गंगापुर, फत्तेपर, मटेहिया लगायतका गाविसका जनता नेपालगन्ज आइपुगेका हुन् । बाढीपीडितहरु ५ वटा ट्रली र करिब ३० वटा मोटरसाइकलमा आएका थिए । सरकारले पुनःवासको व्यवस्था गरिदिनुपर्ने बाढीपीडितहरुको माग छ ।

IMG_20160731_133029

 

प्रतिक्रिया दिनुहोस

About Prabhat Devkota

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*