चौकीदार चुन्न चुनाव !

Posted:: (3 years ago) | February 6, 2017| 445 views

गाउँको सुरक्षाका साथै विविध कार्यक्रमको निम्तो दिनका लागि बाँकेको ईगाउँमा नयाँ चौकीदारको छनौट गरिएको छ । स्थानीय निकायको समेत चुनाव हुन नसकेको बेला बाँकेको इ गाउँमा चौकीदारका लागि चुनाव नै गरिएको छ । चुनावबाट चौकीदार छनोट गरिएको स्थानीयले बताए । सो निर्वाचनले स्थानीय निकायको झझल्को दिएको छ ।

गाउँमा हुने सामाजिक काम, भेलासहित, व्यक्तिगत बिवाह, ब्रतबन्ध, पुजापाठ लगायतको सूचना दिने चौकीदार छनौटका लागि भएको गाउँभेलामा दुईजनाले आ–आफ्नो दाबी गरेपछि मतदानबाट टुंगो लगाइएको हो । गाउँमा रिक्त रहेको चौकीदार चयनका लागि भएको भेलामा स्थानीय मने सुनार र भिमसिंह सुनारले चौकीदारका लागि दावी गरेका थिए । मतदानमा ८० मत प्राप्त गरी मने सुनार विजयी भएको स्थानीय मनकामना आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराम बिसीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार प्रतिष्पर्धी भिमसिंह सुनारले ७६ मत प्राप्त गरे । गाउँमा चौकीदार छनौटका लागि विद्यालयका शिक्षक मानबहादुर सुनारको संयोजकत्वमा निर्वाचन समिति नै गठन गरिएको थियो ।

गाउँमा रहेको २ सय ४ घरधुरी मतदाता  थिए । जम्मा १ सय ६६ मत खसेकोमा १० मत बदर भएको थियो । चौकीदार चयनका लागि यसरी औपचारिक मतदान भएको सम्भवतः पहिलोपटक भएको स्थानीयले जनाएका छन् ।

गाउँमा हुने सामाजिक काम, भेलासहित, व्यक्तिगत बिवाह, पुजापाठ लगायतको सूचना चौकीदारले प्रत्येक घरधुरीमा पु¥याउनु पर्दछ । यसबापत उनीहरुलाई गाउँको सदस्य रहेका प्रत्येक घरधुरीबाट बार्षिक साढे १२ किलो धान पारिश्रमिकको रुपमा उपलब्ध गराउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

About Prabhat Devkota

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*