एउटै व्यक्तिलाई बारम्बार अवसर दिनु हुँदैन– पुर्व मेयर गुप्ता

Posted:: (2 years ago) | June 26, 2017| 524 views

नेपालगन्ज नगरको विकासमा विजय कुमार गुप्ताको ठूलो योगदान छ । २०४९ सालमा नेपालगन्जको मेयर बनेका गुप्ताले आफ्नो कार्यकालमा नगरको कायापलट गर्ने थुप्रै योजनाहरु अघि सारेका थिए । कतिपय योजनाहरु कार्यान्वयन भए भने कतिपय योजनाहरु अँझै अघि बढ्न सकेका छैनन् । विकासको मामिलामा दृरदृष्टि भएका नेताका रुपमा चिनिने गुप्ताले अहिले राष्ट्रिय जनता पार्टीको केन्द्रीय उपाध्यक्ष छन् । उनको दल अहिले स्थानीय तहको चुनावमा सहभागि छैन । तर उनले स्थानीय तहको चुनावलाई भने नजिकबाट नियालिरहेका छन् । पूर्व मेयर गुप्ताले आसन्न स्थानीय तहको चुनाव अनि नेपालगन्जका मेयरका प्रत्यासीहरु र उनीहरुका प्रतिबद्धतालाई कसरी हेरेका छन् त ? पूर्व मेयर गुप्तासँग स्थानीय तह चुनावको समग्र पक्षमा गरिएको कुराकानीको सम्पादित अंश ।

स्थानीय तहको निर्वाचन हुँदैछ । यहाँले स्थानीय निकायको मेयरका रुपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । अहिले निर्वाचनका शन्दर्भमा के कस्तो अनुभव/मुल्याँकन गरिरहनुभएको छ ?

bijaya guptaनेपालगञ्ज नेपालको एकदमै महत्वपूर्ण, खासगरी पश्चिमी नेपालको प्रमुख शहरको रुपमा यसको अवस्थिति हो । ऐतिहासिक नगरी हो । जुन किसिमले बिगतको २० वर्ष अगाडी म मेयर भएको थिए । २० वर्षदेखि म एउटा नागरिकका रुपमा सम्बद्ध छु । बिगतमा जुन किसिमले नगरपालिकाले नगरमा गतिबिधि बढाउनुर्पे हो, त्यस किसिमको हुन सकेको छैन र नगर पछाडी धकेलिँदै गएको छ । हामीले चालेका बिकासका कामहरुले निरन्तरता पाउन नसकेको देख्न पाईन्छ । त्यस कारण नगरबासीहरुमा व्यपाक निराशा, असन्तुष्टि देखिएको छ । मलाई लाग्छ– मैले बनाएका, कार्यान्वयन गर्न सकेका र नसकेका तथा योजनाका रुपमा तर्जुमा भएका योजनाहरु कार्यान्वयन भएको भए नगरमा जुन किसिमको कष्ट नगरबासीले पाईरहेका छन् त्यो पाउने थिएनन् । र निर्वाचन २० वर्षमा नहुनु, त्यो दुर्भाग्यपूर्ण परिस्थिति हो । वास्तवमा भन्ने हो भने सरकारले जब केन्द्रको चुनाव गर्न सक्षम थियो भने स्थानीय गाउँपालिका, नगरपालिका यीनीहरु ज्नतासँंग प्रत्यक्ष सरोकार राख्ने, साना तिना अपेक्षाहरुलाई पुरा गर्ने निकायहरु छन् र यी निकायहरुलाई निर्वाचित जनप्रतिनिधि नदिनु सरकारहरुको ठुलो कमजोरी देख्छु ।

त्यती बेला योजनाहरु संचालन गर्दा कत्तिको समस्या र चुनौतीको सामना गर्नुप¥यो ?bijaya gupta 1
नेपालगञ्ज ऐतिहासिक शहर हो । जुन किसिमले योजनाबद्ध बिकास हुनुपर्ने हो त्यो भएको थिएन । प्रारम्भिक चरणमा एउटा प्रबिधिक थिएन, ट्रयाक्टर थिएन । मेरो त नारा नै थियो समग्र सुनियोजित बिकास गर्ने थियो । नारामा ल्याइएका नारालाई कार्यान्वयन गर्ने गथ्र्यौं । त्यति बेला जनताको सहयोग अपार उत्साह थियो । अहिलको जस्तो चारैतिर निरासा थिएन । तर मेरो पालामा एकदमै उत्साह थियो, भर्खर भर्खर नै जनतामा बहुदलियतन्त्र आएको थियो । त्यो बेला वास्तवमा पञ्चायती व्यवस्था ढलेको थिएन कि जनतामा नयाँ बिहान आएको महसुस हुन्थ्यो । मलाई गर्वका साथ भन्नुपर्दा २०४८ सालदेखि, २०४६ सालको परिवर्तनका क्रममा, २०४२ सालको सुर्खेत जेलमा थियौं । त्यो आन्दोलन सफल भएपछि जनताको अत्यन्त माया पाएका थियोैं । त्यो मायालाई सम्बोधन गर्न आजपनि मसँग कुनै शब्द छैन । जनतामा अब केही न केही हुने भन्ने आशा पलाएको थियो । त्यो बेला जब ओभरसियर, इन्जिनियर भर्ना ग¥यौं, पहिलो काम त निर्माण युनिट नै बनायौं किनकी जबसम्म काम गर्नका लागि युनिट हुँदैन । तबसम्म सफल भइन्न भन्ने योजनाका साथ काम अघि बढाएका थियौं । ओभरसियर नभएको नगरपालिकामा बजेटको मात्रा पनि एकदमै कम, करिब दुई करोड जति थियो । काम गर्न एकदमै चुनौतिपूर्ण थियो, तर जनताको चौतर्फी सहयोगका कारण सहज हुने भन्ने आशा थियो । नेपालगञ्जमा भएका अन्तर्राष्ट्रिय संघसंस्थाले बिभिन्न परियोजनाहरुमा सहयोग गरेका थिए । खासगरी मैले के सम्झिन्छु कि, सरकारको नीति अन्तर्गत नगरबिकास समितिमा मेयरले नै अध्यक्षका रुपमा बस्न पाउने व्यवस्था भएको बेला मैले नगरबिकासको अध्यक्षका रुपमा काम गर्ने अवसर पाएको थिए । सो बेला नै जग्गाको एकीकरणको रुपमा नेपालगञ्जमा न्यूरोडको जन्म भएको थियो । त्यो विशुद्ध रुपमा जनताको सहयोगमा बनाइएको योजनाका कारण मैले त्यसलाई जनताको पथका रुपमा सम्बोधन गर्छु । न्यूरोड निर्माणका क्रममा त्यो लाईन अन्तर्गत पर्ने लक्ष्मी क्लाथ हाउस नामक तीन दाजुभाईले आफ्नो जग्गा बापत तीनै दाईको नाममा भएको जग्गा बराबर उपलब्ध गराउनुपर्ने सर्त राखे, सो क्रममा ममाथि आक्रमणको प्रयास पनि भएको थियो । ती बेलाको सिडिओ, डिएसपी, सबैलाई मैले सहयोग गर्न अनुरोध गरें । ती तीन दाजु भाईलाई हामीले जग्गा उपलब्ध गराएर ७५ प्रतिशत जनताको सहयोगमा न्यूरोडको निर्माण कार्य सम्पन्न भएको थियो । मलाई लाग्छ कि जनताको सहभागिताका कारण नै नेपालगञ्जमा न्यूरोडको निर्माण भएको हो । सहयोग गर्र्ने सबै टिम तथा जनतालाई सम्झन चाहन्छु । मलाई लाग्छ उनीहरुले नेपालगञ्जमा जे चाहेका थिए, मैले त्यो दिन सकेको थिए, किनकी जनताले सहयोग नगरेको भए, न्यूरोडको स्थापना हुन सक्दैनथ्यो ।

मेयर हुँदाका समय तपाईले के कस्ता कामहरु गर्नुभएको हो ?
महत्वपूर्ण काममा भनेको नगरबिकासको अध्यक्ष भएको हुँदा न्यूरोडको निर्माण भएको थियो । त्यसपछि त्यसको पिच गर्ने लगायतका कार्य भएको हो । त्यस्तै खासगरी नगरपालिकाको मेयरको हकमा नेपालगञ्जका प्रत्येक वडाका टोलहरुमा न्यूनतम पक्की बाटो निर्माण गर्ने योजना बनाइयो, त्यो पुरा पनि ग¥यो । त्यस्तै नेपालगञ्जका प्रत्येक वार्डहरुमा बिद्यालयहरु भवन निर्माण गर्ने योजना बनायौं र त्यो अनुसार नै अहिले बेलासपुर, फुल्टेक्रा, गडरियनपुर्वा, गोसाईगाउँ लगायतका स्थानमा उक्त काम गरेका थियौं । खेलकुद, शिक्षा र स्वास्थ्यलाई नम्वर एक प्राथमिकतामा राखेको हो । हामीले प्रत्येक टोलहरुमा नालाको सफाई गराउने काम गराउनुका साथै बिहान सफाई गर्न जानेहरुँंग म आफै पनि जाने गरेको थिए । नेपालगञ्जको सरसफाईको स्थिति त्यो बेला नगर नै सफा हुन्थ्यो । त्यसपछि खेलकुद क्षेत्रलाई अगाडी बढाउनका लागि मेरै पालामा जति खेलकुदका कार्य भए, त्यो हालसम्म पनि भएको छैन । नगरपालिकाले आफै पनि टुर्नामेन्टहरु ग¥यो । हालसम्म कसैले गर्न सकेका छैनन् । बिकास निर्माणको सम्बन्धमा रानी तलाउ योजना संचालन गर्ने क्रममा तलाउ एकदमै जिर्ण भएको र पानीमा पाइने एक प्रकारको घाँसका रुपमा चिनिने जलकुम्भीले भरिएको थियो र रानी तलाउ योजनालाई संचालन हुन नदिनका लागि कतिपय सहकर्मीले धेरै पटान गरिनुपर्छ भन्ने प्रयास गरे पनि म अडिग भएका कारण पुन ः निर्माण गर्न सफल भएका थियौं । त्यस्तै अहिले पुष्पलाल चोकदेखि बसपार्कसम्म बाटोमा भएका खाल्डा खुल्डी २० वर्ष अगाडी थियो, त्यति बेला मैले नै पहिलो पटक पिच गर्न लगाएर बनाए । मैले नगरपालिकाबाट एयरपोर्टको सफाई पनि गराउने गरेको थिए, किनकी कोही पनि नेपालगञ्ज आउँदा सबैभन्दा पहिले एयरपोर्टमा आउने भएकाले नगरपालिकाका कर्मचारी प्रयोग गरेर सरसफाईलाई निरन्तर संचानल गर्ने गरेको थिए । त्यतिबेला अहिलको जस्तो फेरी नगरपालिकाको क्षेत्र समेत एयरपोर्ट क्षेत्र थिएन तर पनि मेैले त्यसको सरसफाई गर्नुपर्छ भन्ने उद्देश्यले गर्न लगाउँथे । त्यस्तै चुंगी करको व्यारियलबाट उठ्ने रकमहरु नजिकका गाबिसहरुलाई सहयोग गर्ने योजना बनाएको थिएँ तर कतिपयले त्यो सम्पन्न गर्न दिएनन् । भोलिका दिनमा गाबिसहरु नगरमै गाभिने हुँदा आफैलाई काम गर्न सहज हुने भन्ने योजनाका अगाडी बढेका थियौं । सम्झनुपर्ने घट्नाका रुपमा भनेको बेतहनीमा आएको ठुलो बाढी पीडितलाई नगरपालिकाको तर्फबाट उनीहरुलाई आर्थिक रुपमा सहयोग गरेका थियौं । मैले भन्ने गरेको थिए कि यो नगरपालिकाका जनताको नगरपालिका हो, आखिर आएर आज सबै गाबिसमा नगरमा गाभिएका छन् नि । मैले २५ वर्ष अगाडी चालेका योजनाहरु आजै पनि त्यस्तै छ । मैले सिंगापुरबाट अहिलेको चलेको खुल्ला दिसामुक्त अभियानलाई शुरु गरेको थिए । मैले नेपालगञ्जका घरघरमा चर्पि, नेपालगञ्जका मन्दिर, मस्जिद, गुरुद्धाराहरुलाई सहयोग गरेको थिएँ । जस्तो नगरविकास समितिको योजनाको कुरा गर्नुपर्दा वाटरपार्कको योजनालाई अहिलेको ६५ बिगाहा जग्गाको योजना ऊ बेला नै २ सय बिगाहा जग्गा खरिद गरेर नमूना नयाँ शाहर बनाउने योजना बनाएको थिएँ । त्यसका लागि अध्ययन अनुसन्धान गर्न लगाएका थियौं त्यस क्रममा नेपालगञ्जमा एउटा सुपरमार्केट बनाउने योजना थियो । मेरो पहिलो कार्यकालमा मैले बिना योजनाका कार्य संचालन गर्न नसकिने हुँदा अध्ययन एक प्रमुख कार्य गराउँथे ।

शान्ति व्यवस्थापनका लागि प्रहरी प्रशासनको सहयोग रामै रहयो । नेपालगञ्जको ढलनिकासको परियोजना करिब ४८ करोडको जम्मा थियो, जुन आज दुई अरबको परियोजना भएको छ । मैले फिलिपिन्स गएर एडिबिको उक्त परियोजना संचालन गर्नका लागि सहयोग मागेको भएपनि नेपाल सरकारले अनुमति नदिँदा आज आएर यो परियोजना चलिरहेको छ । ढिलै भएपनि योजना लागुभएको हुँदा एकदमै राम्रो लागिरहेको छ र खुसीको कुरा के हो भने हाम्रै हृदयेस त्रिपाठी मन्त्री भएकै बेला एडिबी परियोजना नेपालमा संचालन भएको हो ।

त्यस्तै नेपालगञ्जमा डिग्री कलेजको स्थापना र बिज्ञान र प्रबिधि अध्ययनका लागि नगरपालिकाले पहिलोपटक शुरुवात गराएको थिएँ । त्यो बेला शिक्षालाई पहिलो प्राथमिकतामा राखेको थिए । मैले आफ्नो लेभलभन्दा माथि गएर नेपालगञ्ज एयरपोर्टलाई नेपालको देस्रो अन्तर्राष्ट्रिय एयरपोर्टका नेपालगञ्ज हुनुपर्छ भन्ने थियो । किनकी नेपालगञ्जमा बनाउनेदेखि लिएर सबै सुबिधाहरु उपलब्ध छन् । मात्र अहिले दुई किलोमिटर रनवे मात्र थप गर्ने हो भने अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउन सकिन्छ तर सरकारले यो ठाउँलाई हेला गरेको अनुभव भइरहेको छ । पोखरा, भैरहवा लगायतका ठाउँमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाइएको छ जबकी पहाडी जिल्लाका पर्यटकका लागि नेपालगञ्ज नै सहज हुन्छ । त्यस्तै पश्चिम नेपालको नेपालगञ्ज गेटवे हो ।

मैले शुरुदेखि नै भन्ने गरेको छु । नेपालगञ्जलाई भारतीय रेलसंग जोडन सकिने हो भने केन्द्रीय राजनीतिले गर्नुपर्ने हो । माल सामानका साथै सर्वसाधारण ओहोर दोहोर गर्नका लागि सहज रुपमा संचालन गर्न सकिने हो भने दुई देशको आत्मिय सम्बन्ध कायम हुन सक्छ । त्यस्तै नेपालगञ्ज नगरपालिकामा मेलै नै इन्जिनियर पनि भर्ना गरेको हो । बिकास निर्माणको थालनी त मेलै बनाएको रुप रेखालाई पनि कार्यान्वयन गर्न सक्ने क्षमता प्रदर्शन हुन सकेन । किनकी २० वर्षमा खै त अर्को न्यूरोड निर्माण भएको त्यस कारण मेरो भनाई के थियो भने नगरपालिकाको बजेट नलगाएर जनताको सहयोगमा बनाउनुपर्ने योजना थियो ।

त्यस्तै नेपालगञ्जको बिपी चोक निर्माण क्रमका पनि धेरै समस्याहरु सृजना भएको थियो । त्यस्तै नगरपालिका भनेको नेपालगञ्जकै सिहदरबार थियो, नेपालगञ्जलाई नै नमूना बनाउने योजनाहरु रहेको थियो । एकलैनी बिस्तार योजना थियो तर आज कार्यान्वयन नहुँदा एकलैनीबासी आज रगतको आंशु बगाइरहेका छन् । बिगतको १५ वर्षमा कसले स्थानीय निकाय कसले संचालन ग¥यो । कर्मचारी पठाउने, सरुवा बढुवा गर्ने जसले गरेको छ त्यसैले नेपालगञ्जको बिकास नहुनुको जिम्मा लिनुपर्छ ।

अहिलेका केही उम्मेदवारले नेपालगञ्जको बिकासमा मैले ठुलो भूमिका निर्वाह गरें भन्ने गरिराछन् त ?
कसले के भूमिका निर्वाह गरेको हो सबैलाई थाहा छ । मैले भन्नुपर्ने कुरा केही छैन । यी कुरालाई त सम्बन्धित फाईलले बोल्छ । उम्मेदवारले चुनाव जित्नका लागि जे पनि भन्न पाउँछन् नि । त्यसकारणले मैले भन्नु पर्ने केही देखिन्न । बुझने जनताले बुझहिाल्छन् कसले काम गरेको हो भन्ने ।
चुनावमा भ्रम र बास्तविकतालाई कसरी पहिचान गर्न सकिन्छ ?
नयाँ सडकको सत्य नगर बिकास समितिको कार्यालयबाट पहिचान गर्न सकिन्छ । रानी तलाउको योजनाको शुरुवात नगरपालिकाको फाईल, अन्य योजना पनि नगरपालिका र एकलैनी बिस्तार योजना पनि नगरपालिकामा गएर पहिचान गर्न सकिन्छ । उम्मेदवारलाई सत्य र झुटको कुनै मतलब हुँदैन । उसलाई जित्ने भए पुग्छ । मतदाताले वास्तविकता बुझ्न जरुरी छ ।

अहिलेका मेयर उम्मेदवारको मुल्याँकन कसरी गरिरहनुभएको छ ?
खासगरी त मैले यसको मुल्याकन भन्दा जनताले नै गर्ने हुन् । नेपालगञ्जका जनता एकदम सक्षम छन् । नेपालगञ्जका जनताप्रति मेरो पहिलादेखि नै बिश्वास रही आएको छ । जनताले जे निर्णय गर्छन् त्यो सही नै गर्छन् । कसको क्षमता छ, कसको छैन, त्यो जनताले बुझेका छन् । मलाई दुुख के लाग्छ भने नेपालगञ्ज एकदमै पीडित शहर हो । केन्द्रीय सरकारले जुन किसिमले हेर्नुपर्ने हो त्यो हेरेको छैन । त्यसकारण एकदमै पीडित शहर हो । नेपालगञ्ज राजधानी बनाउनुपर्ने हो, धेरै भविष्य बोकेको, इतिहास बोकेको शहर हो तर यसको बर्तमान राम्रो छैन, भविष्य पनि राम्रो छैन । जबसम्म स्थानीय नगरपालिकाको दैनिक कार्य प्रशासनभन्दा पनि बिकासको कार्यभार छुट्टै हुन्छ र नगरपालिका भनेको बिकासको मामिलामा हाम्रो जनतामा बेरोजगारीको समस्या के छ, शिक्षा, स्वास्थ्य के छ, सरसफाई मुख्य चुनौती छ ।

ढल निकास अहिले भनिरहेका छन् ति ढल हुँदै हौइन तिनि भनेको बर्षातको पानी बगेर जाने नाला मात्र निर्माण भएका हुन । शौचालयको समस्या उस्तै छ । अहिलेसम्मका जति पनि घोषणापत्र सार्वजनिक भएको छ, त्यसकोसम्बोधन भएको देखिदैन । त्यसकारण मैले भन्नुपर्दा नेपालगञ्जमा जनताले आफै पनि लाग्नु आवश्यक छ, निस्कने फोहोरलाई उचित ढंगले व्यवस्थापन गर्न सकिदैन भन्ने नगरमा सरसफाई गर्न सकिदैन । प्रत्येक नागरिक नै मेयर हो भन्ने पनि सोच्न आवश्यक छ । त्यसकारण अहिलेको मेयर प्रत्येक जनता, नगरबासीमा मेयर हुँ भन्ने भावना जगाउन सक्छ । त्यो नै वास्तवमा मेयर हुनेछ किनकी ब्रम्हा आएर पनि बनाउन सक्दैन । घरमा काम लगाउने नसक्ने भएको हुँदा बिकास निर्माणको योजनाहरु ल्याउनुपर्ने युगको थालनी गर्नसक्नु पर्ने, नेपालीहरुलाई नेपालगञ्जमै रोजगार उपलब्ध गराउने वातावरण निर्माण गर्न सक्ने हुनुपर्छ, । जसले एक पान पसल चलाउन सकेको छैन, त्यसले कसरी नेपालगञ्जलाई चलाउन सक्छ भन्ने सोच्ने ।

नेपालगञ्ज पछि बिकास शुरु भएका जिल्लाहरु अहिले त नेपालगञ्जको भन्दा उच्चतम बिकास भएको छ, नेपालगञ्जमा बिकास भएको भए उनीहरुभन्दा लाख गुण राम्रो हुने थियो । मलाई फेरी पनि मेयर दिने कुरा गर्दा मलाई पटक पटक चाहीदैन भन्दै मैले अरुलाई बनाउनुपर्ने कुरा अगाडी बढाएको छु । नेपालगञ्जको कसैले बेइज्जती गर्छ भने सम्पूर्ण नेपालगञ्जको बेइज्जती गरेको सम्झनु प¥यो र उक्त बेइज्ज्तीलाई चिर्न जनतामा उर्जा प्रदान गर्न सक्ने खालको हुनुपर्छ । र मैले चालेका सपना जुन नेपालगञ्जबासीको लागि ड्रिम सिटीलाई पुरा गर्न सक्ने हुनुपर्छ । नेपालको गौरभ थाम्ने मेयर चाहिन्छ ।

मतदाताले कस्तो उम्मेदवारलाई छनौट गर्नुपर्छ भन्ने लाग्छ ?
समग्र योजनाबद्ध बिकासमा जसले योजना तर्जुमा, कार्यान्वयनको क्षमता, सहयोग जुटाउन सक्ने हुनुपर्छ । नेपालगञ्जबासीले क्षमता भएको व्यक्तिलाई छनोट गर्न सक्ने क्षमता नभएको होइन । मलाई लाग्छ त्यो क्षमता नेपालगञ्जबासीमा छ, किनकी दुई पटक मलाई अवसर मिलेको छ । २०४३ सालमा उपमयेरमा मलाई त्यो अवसर दिएका हुन् । एकै व्यक्ति बारम्बार आउने हो भने अरु साथीले के गर्ने ? नयाँ अनुहारले पनि अवसर पाउनुपर्छ, नयाँ रगतले पनि त्यो अवसरलाई कार्यान्वयन गर्न सक्ने अवसर पाउनुपर्छ । अवसर पाउने व्यक्ति उत्प्रेरित पनि हुनुपर्छ । मैले यसलाई पदको रुपमा नभई बिशाल जनताको सेवा गर्ने अवसर हो भन्ने मान्छु । यहाँ राजनीतिलाई पनि रोजगारसँग जोड्न थालेका छन् ।
बाहिर पर्यटन बिकासको कुरा गर्ने भएपनि सुलभ शौचालय छैन । एक रुपैया नलिने गरी सुलभ शौचालयको निर्माण, बालबालिकाहरुका लागि पार्क निर्माण, नेपालगञ्जका टोल टोलमा सहज रुपमा बाटोघाटोको समस्या समाधान गर्नुपर्छ । ठुल ठुला नेताहरु नेपालगञ्जले जन्माएपनि नेपालगञ्ज स्वयं ठगिएको छ । त्यस कारण यहाँका जनता पनि जागरुक हुनुपर्छ र यहाँको बिकासका निम्ति आउने मेयरदेखि लिएर सबै व्यक्तिहरु सक्रिय हुनुपर्छ ।

नेपालगञ्जमा क–कसको प्रतिस्पर्धा होला अथवा कसले जित्नुपर्ला ?
यो कुरा मैले भन्न सक्दिन । मलाई के लाग्छ भने जनताले सही निर्णय गर्ने छन् । म आवद्ध भएको पार्टी निर्वाचन बहिस्कार गरिरहेको हुँदा मैले कसको होला भन्ने छैन । मलाई लाग्छ कि को कति समर्पित छ भन्ने होला । तीब्र प्रतिस्पर्धा हुन्छ । स्पष्ट रुपमा भन्नुपर्दा जस्तो कि डाक्टर कनोडिया साहब, धवलजी हुनुहुन्छ, दामोदर जी हुनुुहुन्छ । त्यसमा पनि नेपालगञ्जका जनताले एक दिन अघि मात्र निर्णय गर्ने हुनाले ठ्याक्कै यही नै हो भन्न सकिँदैन । तर पनि जो आवोस्, मैले शुरु गरेको योजना, सपनालाई पुरा गरोस्, यही कामना गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*