बाघ दिवसमा फोटो प्रदर्शनी

Posted:: (2 years ago) | July 29, 2017| 732 views

20170729_164152

बाघ दिवसको अवसरमा नेपालगन्जमा दुई दिने ‘नेपाल वाइल्ड लाइफ एण्ड नेचर’ फोटो प्रदर्शनी गरिएको छ । होटल किचन हटको हलमा आजदेखि शुरु भएको प्रदर्शनीमा १ सय ५ भन्दा वढी फोटो राखिएका छन् ।
photo pradarsani

अन्तरालको आयोजना र व्यवस्थापनमा जारी प्रदर्शनीको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डक्टर धवल शमशेर राणाले रिवन काटेर उदघाटन गरे । मेयर राणाले प्रदर्शनीले प्रकृति र वन्य जन्तुबीचको सम्वन्धलाई थप प्रष्ट पारेको भन्दै यसको निरन्तरतामा जोड दिए ।

बर्तमानमा सामान्य लाग्ने चित्र भोलिको इतिहास र अनुसन्धानको पाटो बन्ने भन्ने भन्दै राणाले बातावरण तथा वन्य जन्तु संरक्षण र सम्वद्र्धनले पयर्टन प्रवद्र्धन र आयश्रोत वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उपमेयर उमा थापामगरले प्रदर्शनीले वन्यजन्तु संरक्षणका लागि सम्वन्धित निकायलाई थप सम्वदेनशिल र जिम्मेवार बनाउन मद्दत पुग्ने बताईन् ।

20170729145939__MG_1668

अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रदर्शनीमा वर्दिया र चितवन राष्ट्रिय निकुञ्जका पाटेबाघ तथा एकसिंगे गैडाका तस्बिरहरु प्रमुख आकर्षणको रुपमा रहेको जानकारी दिए । निशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रदर्शनी भोलि साँझ ६ वजेसम्म जारी रहने अन्तरालले जनाएको छ ।

20170729150130__MG_1677

प्रदर्शनीमा सर्वसाधारणदेखि विद्यार्थीसम्मले अवलोकन गरिरहेका छन् । बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विविध कार्यक्रम गरिरहेका छन् । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ मा दिवस मनाउने निर्णय अनुसार नै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । सम्मेलनले सन् २०२० सम्ममा विश्वमा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य पनि निर्धारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*