मुजफ्फर नगरमा रेल दुर्घटना, ३० जनाको मृत्यु

Posted:: (2 years ago) | August 20, 2017| 551 views

भारतको उत्तर प्रदेशमा पर्ने मुजफ्फर नगरमा रेल दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा परी पचास जना भन्दा बढी घाइते भएको भारतीय न्यूज पोर्टल जागरण डट कमले जनाएको छ ।

train6

पुरीबाट हरिद्वार जाँदै गरेको कलिङ उत्कल एक्सप्रेसको १४ वटा डब्बा लिगबाट उछिट्टिएर दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ । घाइतेको उद्दार कार्य जारी छ । भारतीय रेल मन्त्री सुरेश प्रभुले घाईतेहरुको उद्धार र प्रभावकारी उपचारका लागि उच्च अधिकारीहरुलाई निर्देशन दिएक छन् ।

train7

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*