गुनासो सुन्न नेपालगन्ज उपमहानगरपालिकामा टोल फ्रि फोन सेवा

Posted:: (3 years ago) | November 27, 2017| 885 views

नेपालगन्ज उप महानगरपालिकामा निशुल्क (टोल फ्रि) फोन सेवा संचालनमा ल्याइएको छ । उपमहानगरपालिकासँग सम्वन्धित गुनासा, समस्या राख्न सहज होस् र toll freeउपमहानगरसँग सम्बन्धित जानकारीहरु नगरवासीले सहजै निशुल्करुपमा प्राप्त गर्न सकुन् भनेरयो सेवा प्रारम्भ गरिएको हो ।

देशका कुनै पनि स्थानबाट निशुल्क १६६०८१५२०५२ नम्बरमा कल गर्न सकिने व्यवस्था मिलाइएको उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम बर्माले जानकारी दिए । यो सेवाबाट उपमहानगरपालिकाका सम्पूर्ण जानकारी समयमै प्राप्त गर्न सकिने छ ।

यस नम्बरमा फोन गर्दा पैसा नलाग्ने भएको हुँदा सुचना प्रविधिको भरपुर प्रयोग गर्न पनि उपमहानगरपालिकाको सूचना तथा सञ्चार प्रविधि शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*