नेपालगन्जमा आईसीटीबारे राष्ट्रिय स्तरको गोष्ठि हुँदै

Posted:: (2 years ago) | March 15, 2018| 713 views

सूचना र संचार प्रविधि (आईसीटी) बारे नेपालगन्जमा राष्ट्रिय स्तरको गोष्ठि आयोजना हुने भएको छ । चैत्र ३ गते आयोजना हुने गोष्ठिमा प्रदेश नं. ५, ६ र ७ का सरकारी तथा गैह्रसरकारी अधिकारीहरु, सुरक्षा अधिकारी, व्यवसायी, कलेज/क्याम्पसका प्रमुख तथा सूचना प्रविधिप्रति रुची राख्नेहरुको सहभागिता हुने आयोजक कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) बाँके शाखाले जनाएको छ ।

can banke
बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आयोजक क्यान बाँकेले गोष्ठिमा सूचना र संचार प्रविधिबारे प्रशिक्षण पनि दिईने जानकारी गरायो । प्रशिक्षणका लागि आईसीटी क्षेत्रका विज्ञहरु डा. प्रमोद पराजुली, डा. अभिजित गुप्ता र चिरन्जीवि अधिकारी नेपालगन्ज आउने क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सैनाले जानकारी दिए ।

क्यानका पूर्व केन्द्रीय उपाध्यक्ष संजय थापाले साईबर सुरक्षा र बाँकेलाई कसरी डिजिटलाईज गर्न सकिन्छ भन्ने उद्देश्यले गोष्ठि आयोजना गर्न लागिएको जानकारी दिँदै नीतिगत र सरकारी लगानीको अभावमा देशका सबै निकायमा नै साईबरसम्बन्धि सुरक्षा थ्रेट रहेको बताएका थिए । साईबर अपराध नियन्त्रणका लागि स्पष्ट नीति बनाउन क्यानले निरन्तर लबिङ गरिरहेको पनि थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*