नेपाल आईडलको दोस्रो सिजनको अडिसन भैरहवाबाट सुरु

Posted:: (1 year ago) | March 20, 2018| 361 views

राधेश्याम विश्वकर्मा/भैरहवा

नेपाल आईडल दोश्रो संस्करणको पहिलो अडिसन भैरहवामा सम्पन्न भएको छ । पहिलो अडिसनमा नै भाग लिन नेपालका बिभिन्न जिल्लाबाट संगीतप्रेमीहरुको घुँईचो लागेको थियो ।

IMG_6106

भैरहवाको अंचलपुर स्थित (नेपाल आयल निगमको अगाडि) जेसिज किन्डर गार्डेन हाई स्कूलको प्राङगणमा मंगलबार नेपाल आइडलको अडिसन भएको हो ।

अडिसनमा भाग लिन लुम्बिनी अञ्चलका जिल्लाहरु एवम् पूर्वका जनकपूर, पश्चिम रोल्पा, रुकुम, जुम्ला लगायतका जिल्लाबाट सहभागीहरु भैरहवा आएका थिए । अडिसनको लागि मुलुकको विभिन्न स्थानबाट संगितप्रेमीहरु अडिसनमा सहभागी भएको एपीवान एचडी टेलिभिजनका डाइरेक्टर सुरेश पौडेलले जानकारी दिए ।

IMG_6120

संगितप्रेमीहरुको मनोबल उच्च गर्नका लागि नेपाल आइडलको पहिलो सिजनमा टप ५ पर्न सफलरुपन्देहीकी सुजाता पाण्डे र टप २० मा पर्न सफल भएका अफसर अली र गायक हमेन्त शर्मा पनि अडिसन स्थल पुगेका थिए ।

IMG_6125

प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यु बज्राचार्य, कालीप्रसाद बासकोटा र गायिका इन्दिरा जोशी छन् । त्यस्तै अडिसनको संचालन नायक आशिफ शाह र रीमा विश्वकर्माले गरिरहेका छन् ।

IMG_6079

भैरहवामा अडिसन भएपछि क्रमशः धनगढीमा चैत ११ गते, हेटौडामा बैशाख ३ गते, धरानमा बैशाख ८ गते, पोखरामा बैशाख १४ गते र काठमाण्डौँमा नेपाल आइडलको अडिसन हुने आयोजकले जनाएको छ । अडिसनको प्रशारण एपीवान एचडी टेलिभिजनबाट हुनेछ ।

IMG_6130

सन् २०११ मा बेलायताका टेलिभिजन प्रोड्युसर साइमन फुलरले सुरु गरेको यो रियालिटी शो विश्वका विभिन्न मुलुकमा चर्चित छ । बेलायतमा पप आइडलका रुपमा परिचित यो सांगीतिक प्रतिस्पर्धा बाँकी देशमा सम्बन्धित देशको नामसगँ आइडल जोडेर परिचित छ । अमेरिकी टेलिभिजन फक्स च्यानलले सन् २००२ बाट यो शोलाई अमेरिकन आइडलका रुपमा संचालन गरेपछि विश्वव्यापी रुपमा यसको चर्चा सुरु भएको हो ।

IMG_6147

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*