होटेल सोल्टीमा ‘न्यू इएर इभ’ स्पेशल

Posted:: (1 year ago) | April 8, 2018| 639 views

नयाँ बर्ष २०७५ को स्वागतमा नेपालगन्जस्थित होटेल सोल्टीमा बृहत सांस्कृतिक कार्यक्रम (न्यू इएर इभ) आयोजना हुने भएको छ । प्यासन नेपाल प्रा.लिले चैत्र ३० गते आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।

प्यासन नेपालले आईतबार होटल सोल्टीमै पत्रकार सम्मेलन गरी सांस्कृतिक कार्यक्रममा १९७४ एडी ब्याण्ड, नबिन के भट्टराई, संजीव सिंह लगायतका कलाकारहरुले प्रस्तुती दिने जानकारी दियो । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि गायन तथा नृत्य रहने छ ।

passion nepal

प्यासन नेपालका कार्यकारी प्रमुख भिजन घिमिरेका अनुसार यस्तै प्रकृतिको कार्यक्रम बैशाख १ गते दाङको घोराहीमा पनि आयोजना गरिँदैछ । होटल सोल्टीमा आयोजना हुने कार्यक्रममा प्रवेश शुल्क प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ र जोडीलाई ४ हजार रुपैयाँ तय गरिएको पनि घिमिरेले जानकारी दिए । प्रवेश टिकटमा आयोजकले खाजा र ड्रिङ्स उपलब्ध गराउने छ ।

passion nepal pressmeet

साँझ ५ बजेपछि कार्यक्रम सुरु हुने छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउन भीआईपी र भीभीआईपीलाई निमन्त्रणा गरिने आयोजकको भनाई छ । ‘हामीले यो कार्यक्रमलाई सौहार्दपूर्ण र मनोरञ्जनात्मक बनाउन कुनै कसर बाँकी राख्ने छैनौं । टिकट बिक्री पनि व्यक्तिको पृष्ठभूमि हेरेर हुनेछ । पैसा आउने भन्दैमा जो पायो त्यसैलाई हामी टिकट बिक्री गर्दैनौं ।’, आयोजक प्यासन नेपालका कार्यकारी प्रमुख घिमिरेले भने, ‘हामीले ब्राण्डीमा पर्याप्त ध्यान दिएका छौं । हामीसँग जोडिएका होटल, स्पोन्सर, को–स्पोन्सर सबै ब्राण्डमा उत्तिकै चर्चित र विश्वसनीय छन् ।’

नेपालगन्ज र दाङ दुवै ठाउँका कार्यक्रम संचालन गर्न करिब २३ लाख १० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । कार्यक्रमबाट मुनाफाबाट ५ प्रतिशत रकम राप्ती टुरिज्म एण्ड ईन्फरमेसन सेन्टरलाई सहयोग गरिने आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*