नेपालगन्ज गोल्डकपलाई सिंगापुरबाट सहयोग

Posted:: (1 year ago) | May 29, 2018| 630 views

यही जेठ २१ देखि खजुराको डी गाउँमा आयोजना हुने नेपालगन्ज गोल्डकप फुटबलको तेस्रो संस्करणका लागि सिंगापुरमा बस्ने नेपालीहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् । नेपालीहरुको पहलमा नेपालगन्ज गोल्डकपका लागि सिंगापुरबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।

football sahayog

विशेष गरी सिंगापुरमा रहँदै आएका फिफा मास्टर विप्लप गौतमले यस क्षेत्रको फुटबलको विकासका लागि भनेर आर्थिक सहायता जुटाउन पहल गरेको पनि शाहीले बताए । गौतमसहित नेपाल र सिंगापुरका गरी २४ जनाले मिलेर नेपालगन्ज गोल्डकपका लागि आर्थिक सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*