भारतमा बेचिएका आमा–छोराको फिल्मी शैलीमा उद्दार !

Posted:: (12 months ago) | June 10, 2018| 1,553 views

भारतको बैंगलुरुमा बेचिएकी एक महिला र उनको २ बर्षीय छोराको उद्दार गरिएको छ । दैलेख घर भएकी १८ बर्षीया महिलालाई छोरासहित उनकै श्रीमान्ले ४ महिना अघि बैंगलुरुस्थित एक प्लास्टिक उद्योगमा बेचेको प्रारम्भिक जानकारी प्राप्त भएको उद्दारकर्ता मध्येको एक सामाजिक सेवा केन्द्र सोसेक दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए ।

श्रीमान्बाट बेचिएर प्लास्टिक उद्योगमा नारकीय जीवन विताईरहेकी ती महिलाको फिल्मी शैलीमा उद्दार गरिएको थियो । लखनउमा कार्यरत नेपाली मुलका भारतीय प्रहरीले (जो बेचिएकी महिलाका चिनेका व्यक्ति हुन्) व्यक्तिगतरुपमा जोखिम मोलेर महिलाको उद्दार गरेका हुन् । सोसेकका संस्थापक अध्यक्ष थापाका अनुसार बेचिएकी महिलाले लुकिछिपी फोन गरेर आफन्तलाई आफू बेचिएको खबर गरेको र ती आफन्तले सोसेकमा निवेदन दिएपछि उद्दार प्रक्रिया सुरु भएको थियो ।

प्रतिकात्मक स्केच

प्रतिकात्मक स्केच

सरकारी प्रक्रियाबाट जाँदा ढिलाई हुने र महिलाले आफू बेचिएकोबारे खबर गरिसकेको जानकारी पाएपछि प्लास्टिक उद्योग संचालकबाट खतरा हुनसक्ने आँकलन गरेर हतारहतारमा उद्दार गरिएको पनि थापाले जानकारी दिए । महिलालाई उद्योगको पछाडिको पर्खाल नाघेर भाग्न भनेको र त्यहाँबाट लखनउका ती प्रहरीले गाडीमा हालेर पाँचौ दिनमा लुकाई–छिपाई लखनउ पु¥याएका थिए । ती महिलालाई उद्दार गर्न खटिएका नेपालीमुलका प्रहरीलाई भारतीय प्रहरीले अनौपचारिक सुरक्षा उपलब्ध गराएको थियो ।

उद्दार गरिएकी महिलालाई नेपालगन्जबाट आईतबार काठमाडौंस्थित शक्ति समूहको आश्रयमा लगिएको छ । बेचिएकी महिला ब्राम्हण समुदायकी हुन् । उनलाई २ लाख २० हजार रुपैयाँमा श्रीमान् र परिवारका सदस्यहरुबाटै बेचिएको बुझिन आएको छ । ती महिलालाई प्लास्टिक उद्योगमा दिनभर काम गराईन्थ्यो । खान र बस्न मात्र दिईन्थ्यो, तलब दिइँदैनथ्यो । उनीजस्तै १३ जना भारत असामका महिलाहरु उक्त प्लास्टिक उद्योगमा नारकीय जीवन विताईरहेको पनि ती पीडित महिलाले जानकारी दिएको थापाले बताए ।

उक्त उद्योगमा बच्चासहित आमालाई खरिद गर्ने गरिएको बुझिएको छ । ३ बर्ष उमेर पुगेपछि बच्चाहरुलाई अध्ययनका लागि पठाउने भन्दै आमाहरुबाट अलग्गै लैजाने गरिएको र कहाँ लगेको भनेर कुनै जानकारी नदिईने गरेको पनि थापाले बताएका छन् । बेचिएकी महिलाकातर्फबाट सोसेक र शक्ति समूहले कानुनी लडाईँ सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*