नितेशसँगै झुम्न आतुर नेपालगन्ज

Posted:: (11 months ago) | August 28, 2018| 1,378 views

युवा पुस्तामाझ लोकप्रीय गायक नितेशजङ्ग कुँवरको गीतसँगै झुम्ने नेपालगन्जवासीको लामो समयदेखिको चाहना भोलि पुरा हुँदैछ । युवा पुस्ताका भावनाहरुलाई सब्दमा समेटेर चलनचल्तीको गायकी शैलीमा प्रस्तुत गर्दै आएका नितेशको नेपालगन्जमा भोलि साँझ पहिलो कन्सर्ट हुँदैछ ।

nitesh jung kunwar

सिद्धार्थ कटेजको गार्डेनमा साँझ पाँचबजेपछि सुरु हुने नितेशको कन्सर्टमा झुम्न यहाँका युवापुस्ता र टीनएजरहरु आतुर देखिएका छन् । नितेशको प्रस्तुतिमा साथ दिँदै सांगीतिक माहोललाई थप रोमाञ्चित बनाउन युवा पुस्ता र टीनएजरहरु समूह/समूह बनाएर कार्यक्रममा जाने तयारी गरिरहेका छन् ।

40290471_1749934145102028_6484734119640039424_n

नितेशको फ्लर्टी माया, हाम्रो नेपालमा, परि, मिलिजुली लगायत दर्जनबढी गीतहरु टीनएजरहरुमाझ सर्वाधिक लोकप्रीय छन् । भेस्पाको संलग्नतामा टुबोर्गको यो प्रस्तुतीको प्रबद्र्धक एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज रहेको छ भने सम्पूर्ण व्यवस्थापन स्म्यासिङ स्टेरियोका रहेको छ ।

अल नेपाल टुर नाम दिइएको कन्र्सटमा गायक कुँवरको एकल प्रस्तुति रहने ईभेन्ट म्यानेजर स्म्यासिङ स्टेरियोका पुष्कर हमालले जानकारी दिए । साउन ३१ गते झापाको दमकबाट सुरु भएर नितेशको नेपाल यात्राको नवौं कन्सर्ट नेपालगन्जमा हुन लागेको हो । सुर्खेतमा शुक्रबार हुने १० औं कन्सर्टपछि नितेशको नेपाल यात्राको श्रृङ्खला अन्त्य हुनेछ ।

40404176_333887914016138_2668941103490662400_n

नेपालगन्जमा करिव पाँच बर्षपछि यति भव्य म्युजिकल कन्र्सट आयोजना भईरहेको र कार्यक्रमको सम्पूर्ण तयारी पुरा भईसकेको पनि ईभेन्ट म्यानेजर हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*