जाने हैन त सस्तो बजार ?

Posted:: (1 year ago) | October 10, 2018| 1,534 views

दशैंलाई लक्षित गरेर नेपालगन्ज वितरक संघले आजदेखि नेपालगन्जमा ‘दशैं सस्तो बजार’ संचालन गर्दैछ । नेपाली ग्राहकलाई नेपालमा उत्पादित सामानको बारेमा जानकारी दिन दशैंको अवसरमा सस्तो बजार आयोजना गरिएको हो । भारतीय बजारको तुलनामा धेरै सामानहरु नेपालमै सस्तोमा पाईन्छ भन्ने उपभोक्तामाझ सन्देश प्रवाह गर्ने ‘दशैं सस्तो बजार’को मुख्य उद्देश्य हो ।  ‘दशैं सस्तो बजार’ सञ्चालनार्थ  जिम्मेवारी लिएका विभिन्न व्यवसायीहरु यसको आवश्यकताबारे के भन्छन त ?

IMG_0178

Ajay Tandan

अजय कुमार टण्डन

महासचिव,
नेपालगन्ज उद्योग बाणिज्य संघ

अन्य दिनमा उपभोक्तालाई केही दिन नसकेपनि दशैंका अवसरमा कोसेलीका रुपमा खाद्यन्न लगायत अन्य दैनिक उपभोग्य सामानमा केही सहुलियत दिएर दशैं मनाउने बातावरण बनाउन नेपालगन्ज उद्योग बाणिज्य संघले ‘दशैं सस्तो बजार’ आयोजनालाई प्रवद्र्धन गरेको छ । उत्पादकले सिधै दशैं सस्तो बजारमा आफ्नो उत्पादनको सामान ल्याउने भएकोले यो बजारमा राखेको सामान नेपालगन्ज र भारतीय सीमा बजारको तुलनामा सस्तो हुनेछ नै उपभोक्ताले गुणस्तरिय सामान समेत पाउने छन् ।

भारतीय सीमा बजारमा सामान सस्तो पाइन्छ भन्ने भ्रमलाई चिर्न र नेपाली बजारमा नै सामान किनमेल गरि आर्थिक समृद्धि तर्फ राष्ट्रलाई लैजाने दायित्व हामी सवैको भएकोले यस विषयमा पनि सर्वसाधारण उपभोक्तालाई जानकारी दिन आवश्यक नेपालगन्ज उद्योग बाणिज्यले ठानेको छ । जबसम्म उपभोक्ता सचेत हुँदैनन् तबसम्म नेपालमा उत्पादित सामानको बजारीकरण हुन सक्दैन । नेपालमा उत्पादित बस्तुको प्रचारप्रसार गरि बजारीकरण गर्ने यस दसैँ सस्तो बजारको उद्देश्यले भएकोले नेपालगन्ज उद्योग बाणिज्य संघले सहयोग गरेको छ । पहिलो पटक आयोजना भएकोले सिक्दै छौँ । यसबाट पाठ सिकेर आगामी दिनमा यसलाई भब्य रुपमा संचालन गर्ने योजना पनि बनेको छ । यसले हामीलाई पाठ सिकाएको छ ।
कसैसँग प्रतिष्पर्धा गर्न दसैँ सस्तो बजार आयोजना गरिएको होइन । नेपालमा पाइने सामान सस्तो र गुणस्तरिय छन् । भारतमा भन्दा नेपालका सामान सस्तोमा पाइन्छ भन्ने जनचेतना लगाउने र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने हाम्रो उद्देश्य हो ।

Shyam sundarश्यामसुन्दर अधिकारी
महासचिव,
नेपालगन्ज किराना तथा खाद्य ब्यवसायी संघ

नेपाली उपभोक्तालाई नेपालमा सामान सस्तो पर्छ भन्ने जानकारी नभएर होला थोरै सामान किनमेल गर्न पनि भारत गएको देखिन्छ । तर, नेपालमा धेरै बस्तु सस्तो हुँदाहुँदै पनि शतप्रतिशत सामान भारतबाट किन्ने प्रचलन हाम्रो । मल्टि नेशनल कम्पनी उत्पादन गरेका सेम्पु, साबुन, मञ्जन लगायतका सामान पनि भारतभन्दा नेपालमै सस्तो छ । तै पनि सस्तो मूल्यमा पाउने भन्दै हामी भारतीय बजारमा दौडिन्छौँ । यसलाई चिरफार गर्न अति आवश्यक ठानेर हामीले नेपालगन्जमा दशैं सस्तो बजार आयोजना गरेका हाँै ।

नेपालमा उत्पादित बस्तुको प्रचार प्रसार गरि बजारिकरणमा टेवा पु¥याउने र नेपाली अर्थतन्त्रलाई सवल बनाउने पनि यसको उद्देश्य हो । नेपाली उपभोक्तामा नेपाली सामान र नेपाली बजारको जागरण ल्याउने र नेपाली बजारमै सामान किनमेल गर्ने बातावरण मिलाउनु पर्छ भन्ने हामीलाई लागेको छ । समृद्ध नेपाल निर्माणमा हामी सवैको सहकार्य आवश्यक छ भन्ने भावनको विकास गर्न यो सस्तो बजारले सहयोग गर्ने छ ।

Mimमिम बहादुर सिंह
महासचिव,
मदिरा ब्यवसायी संघ, बाँके

दशैंको अवसरमा नेपाली ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरिय सामान उपलब्ध गराउन ‘दशैं सस्तो बजार’ आयोजना गरिएको हो । दशैंका अवसरमा ग्राकहकलाई खाद्य सामान लगायत अन्य दैनिक प्रयोग हुने सामानमा थोरै भएपनि सहुलियत दिएर दशैं मनाउने बातावरण बनाउने र नेपालमा पनि सस्तो मूल्यमा सामान पाइन्छ भन्ने उपभोक्तामा जागरण ल्याउने उद्देश्य रहेको छ ।

सचेतना नभएका कारण नेपाली ग्राहक सस्तोको नाममा भारतीय व्यापारीबाट ठगिदै आएको नमिठो अनुभव हामीले भोगेका छौँ । दशैंका अवसरमा राखिएको यो सस्तो बजारले नेपाली ग्राहकलाई नेपाली बजारमै सामान खरिद गर्नुपर्छ भन्ने भावनको विकास गराउन सहयोग गर्ने छ भन्ने हाम्रो विश्वास छ । सस्तोको नाममा भारतीय बजारमा किनमेल गर्ने ग्राहकहरु गुणस्तरहीन खाद्य बस्तु खरिद गरिरहेका छन् नै तौलमा समेत ठगिदै आएका छन् । तर, सस्तोको नाममा आफूहरु ठगिएको जानकारी नेपालीलाई छैन । हामीले यस दशैं सस्तो बजारमा ग्राहकलाई सस्तोमा सामान प्रदान गर्ने मात्र नभई नेपाली उपभोक्तामा जागरण ल्याउने काम समेत गर्ने छाँै ।

विष्णु लामिछानेBishnu lamichhane
सल्लाहकार,
नेपालगन्ज वितरक संघ, बाँके

धेरैजसो सामान नेपालमा सस्तो हुँदाहुँदै पनि जानकारी नहुँदा धेरै नेपाली भारतीय सीमा बजारमा गएको देखिन्छ । यसले एकातिर नेपालको रुपैयाँ विदेश गएको छ । भने, नेपालका उद्योगबाट उत्पादित बस्तुले बजार पाउन नसकेर उद्योग धरासायी भइरहेको अवस्था छ । नेपालमा बनेका र उत्पादन भएका बस्तु भारतमा गएर किन्दा उपभोक्ता ठगिने गरेका छन् । तर, आफू ठगिएको नेपालीले पत्तो पाइरहेका छैनन् । हामीले चाडपर्वका बेला नेपाली उपभोक्ता नठगिउन भन्ने उद्देश्यले नेपालगन्जमा सस्तो बजार आयोजना गरेका हौँ ।

नेपालका उद्योगले उत्पादन गरेका बस्तु सिधै सस्तो बजारमा ल्याइएकोले उपभोक्ताले उत्पादन लागतमा सामान पाउने छन् । यसले नेपालीले एकातिर सस्तोमा सामान पाउने छन् भने अर्को तर्फ गुणस्तरिय पनि हुने छ । नेपालको खाद्यन्न लगायत डाल्डा घ्यू नेपालबाट भारत जान्छ र त्यहि सामान भारतमा गएर नेपालीले महंगोमा किनेका प्रशस्त उदाहरण छन् । यसको जानकारी दिई नेपालमा उत्पादन भएका सामानको बजारीकरण गर्ने र नेपाली ग्राहकलाई नेपालमा नै किन्ने बातावरण बनाउने यो बजारको मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*