सबै नेपालीलाई आवास : मन्त्री राई

Posted:: (10 months ago) | December 20, 2018| 474 views

istiyakनेपालगन्ज–नेपाल सरकारका सहरी बिकासका मन्त्री मोहम्मद ईस्तियाक राईले अब देशमा कोहि पनि आवास बिहिन नहुने बताएका छन् । बिहिबार बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा शहरी सघनको सडक उद्घाटन गर्न बर्दिया पुगेका मन्त्री राईले सो कुरा बताए ।
मन्त्री राईलेले अब देशमा कसैले पनि आवास बिहिन हुनु नपर्ने बताउदै अव आर्थिक बर्षमा जनताको घर घरमा जस्तापाता खरिद गर्न सरकारले नै रकमको आयोजना गर्ने जानकारी दिए। कार्यक्रममा बोल्दै शहरी विकास मन्त्रि राईले बर्दिया जिल्लालाई बिकासमा कुनै पनि किसिमको कमि हुन नदिने बताए । उनले अहिले सञ्चालनरत रहेको परियोजना अन्तर्गत रकमको अभाव हुन नदिने र आगामि बर्ष त्यसलाई दोब्बर बनाईने प्रतिबद्धता समेत जाहेर गरे ।
कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाको बिकासमा शहरी विकास मन्त्रालयको अहम भुमिका रहेको र आगामि दिनमा पनि शहरी विकास मन्त्रालयले गुलरियालाई माया गर्ने बिश्वास आफुहरूले लिएको समेत बताए । प्रमुख यादवले नगरपालिकाको विकास जनप्रतिनिधिले मात्र सम्भव नभएकोले नगरको विकासमा सवैले सहयोग गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*