त्रिभुवन चोकमा बबाल, १० मिनेसम्म पनि प्रहरी पुगेन ! (भिडियोसहित)

Posted:: (4 months ago) | February 8, 2019| 620 views

बाँके प्रहरीले जिल्लाको कुनै पनि ठाउँमा घटना भएको ५ मिनेटभित्रै प्रहरी पुग्ने गरी सुरक्षा व्यवस्था मिलाएको दाबी गर्ने गरेको छ । तर, शुक्रबार साँझ नेपालगन्जको व्यस्त बजार त्रिभुवन चोकमा भएको एउटा घटनाले भने बाँके प्रहरीको यो दाबीलाई गलत साबित गरिदिएको छ । मुख्य चोकमै सुरक्षाकर्मीको पहुँच यति ढिलो हुन्छ भने अन्य ठाउँमा कस्तो होला ?

चौबिसै घण्टा प्रहरी तैनाथी हुने भनिएको त्रिभुवन चोकमा शुक्रबार साँझ करिब ६ बजेर १२ मिनेट जाँदा सामान्य दुर्घटनापछि बबाल भयो । तर, घटना भएको १० मिनेटसम्म त्यहाँ प्रहरी देख्न पाईएन ।

भएको के थियो भने– मोटरसाईकल चालक टीका बहादुर थापाले १८ बर्षीय किशोरी सना खानलाई त्रिभुवन चोक–वीपी चोक सडकखण्डमा ठक्कर दिएर भाग्न खोज्दै थिए । त्यतिकैमा स्थानीयले लखेटेर उनलाई समाते ।

20190208_182039
ठक्कर दिएर भाग्न खोजेको भन्दै दुई/चार जनाले थापामाथी हातपात पनि गरे । नजिकै प्रहरी बिट छ तर प्रहरी पर–परसम्म कतै देखिएन । धन्न एक व्यक्तिले थापामाथि धेरै कुटपिट हुन दिएनन् । आफै पनि बैशाखीको सहारामा रहेका ति युवकले थापालाई रामधुलाई खानबाट जोगाए ।

घटना के भएको हो भनेर चासो राख्नेहरुको भीडले त्रिभुवन चोकमा केहीबेरमै जाम प¥यो । तर भीडले जाम भएको १० मिनेट पुग्नै लाग्दा एक जना प्रहरी देखा परे । उनले मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिए अनि ठक्करबाट चोट लागेकी सनालाई उपचारका लागि अस्पताल पठाए ।

20190208_182036
प्रहरी ढिलो गरी पुगेपछि सर्वसाधारण आक्रोशित भएका थिए । व्यस्त बजारमा बबाल भएको लामो समयसम्म पनि प्रहरी नपुग्दा सर्वसाधारणले जिल्लाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाईरहेका थिए । त्रिभुवन चोकमा वडा प्रहरी कार्यालयबाट चौबिसैघण्टा प्रहरीको ड्युटी खटाईएको हुन्छ ।

बबाल भएको लामो समयसम्म पनि प्रहरी नपुगेकोबारे वडा प्रहरी कार्यालयमा जिज्ञासा राख्दा प्रहरी नायब निरीक्षक भीम बहादुर खड्काले आफूहरुले त्यहाँ प्रहरीको अनुपस्थितिबारे बुझिरहेको बताए । उनले चोकदेखि नजिकै यताउताको जिम्मेवारी पनि चोककै प्रहरीलाई हुने हुँदा ढिलाई भएको हुन सक्ने पनि बताए । ‘ चोकमा खटिएका प्रहरीलाई दायाँ–बाँया पनि खटाईन्छ । त्यसैबेला प¥यो कि ?’ प्रहरी नायब निरीक्षक खड्काले भने ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*