पारदर्शीताको पहल : वडा नं. १८ मा डिजिटल इन्फरमेशन बोर्ड

Posted:: (7 months ago) | March 13, 2019| 512 views

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का सबै गतिविधिमा अबदेखि सर्वसाधारणको सहज पहुँच हुने भएको छ । वडा कार्यालयवाट प्रवाह हुने सेवासुविधा, विकास खर्च, कार्यक्रम तथा आयोजना लगायतका विषयमा सर्वसाधारणले सजिलै जानकारी पाउन् भन्ने उद्देश्यले आजदेखि वडा नं. १८ को कार्यालयमा डिजिटल इन्फरमेशन बोर्ड संचालनमा ल्याईएको छ ।

डिजिटल इन्फरमेशन बोर्डका लागि आवश्यक सफ्टवेयर र स्मार्ट एलईडी टेलिभिजन अमेरिकन एम्बेसीले उपलब्ध गराएको हो । डिजिटल इन्फरमेशन बोर्डबाट अब वडा कार्यालयद्वारा भएका र हुने सबै गतिविधिहरुबारे सर्वसाधारणले जानकारी प्राप्त गर्न सक्ने छन् ।

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी, नेपालगन्जका मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापामगर, १८ नं. वडाका वडाध्यक्ष दीपक कुमार बर्माले संयुक्तरुपमा डिजिटल इन्फरमेशन बोर्डको उद्घाटन गरेका थिए ।

20190313_152008
सो अवसरमा वडाध्यक्ष बर्माले वडा कार्यालयका गतिविधि पारदर्शी गराउन डिजिटल इन्फरमेशन बोर्ड सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सहयोगकर्ता अमेरिकन एम्बेसीप्रति आभार व्यक्त गरे । अमेरिकी राजदूत ¥याण्डी बेरीले डिजिटल इन्फरमेशन बोर्ड पारदर्शीताका लागि एउटा महत्वपूर्ण औजार भएको भन्दै त्यसको सही सदूपयोग होस् भन्ने कामना गरे ।

20190313_151540

यसअघि नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा भएको छलफलमा मेयर राणाले राजदूत बेरीलाई डेढ–दुई बर्षमा फेरि नेपालगन्ज आउँदा पारदर्शीताको क्षेत्रमा उल्लेख्य कार्य भएको पाउने विश्वास दिलाएका थिए । जसको जवाफमा राजदूत बेरीले आफू मेयर राणाको प्रतिबद्धता अनुसार काम भए/नभएको हेर्न डेढ/दुई बर्षमा फेरि नेपालगन्ज आउने प्रतिबद्धता जनाएका थिए ।

20190313_152650

अमेरिकी एम्बेसीको सहयोगमा संचालित संस्था एकाउन्टीबिलीटी ल्याबले नेपालगन्जका २३ वटा वडामध्ये पारदर्शीताका लागि सक्रिय वडाकोरुपमा वडा नं. २३ लाई छनौट गरी डिजिटल इन्फरमेशन बोर्ड सेवाका लागि सहयोग उपलब्ध गराएको हो ।

20190313_152305

वडाध्यक्ष बर्माले वडा कार्यालयबाट उपलब्ध हुने सबै सेवाहरु, प्रत्येक महिनाको खर्च, प्रत्येक महिनाको राजश्व संकलन, विकासका कार्यक्रम, आयोजना लगायत वडा कार्यालयका सम्पूर्ण गतिविधिहरु डिजिटल इन्फरमेशन बोर्डमा राखिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*