न्यू इयर इभमा नेपालगन्ज ‘मनमगन’ !

Posted:: (7 months ago) | March 31, 2019| 547 views

‘मनमगन’ गीतमार्फत नेपाली सांगीतिक क्षेत्रलाई देश/विदेशमा चिनाउने गायक दीपक बज्राचार्यको टीमसँगै बाँकेबासीले नयाँ बर्ष २०७६ लाई स्वागत गर्ने अवसर पाउने भएका छन् । सिद्धार्थ ग्रुपले नयाँ बर्ष २०७६ को अवसर पारेर चैत्र ३० गते होटल सिद्धार्थ भ्यू नेपालगन्जमा आयोजना गर्न लागेको ‘न्यू इयर इभ’ पार्टीमा प्रस्तुतिका लागि गायक बज्राचार्यको रिदम ब्याण्ड यहाँ आउने भएको छ ।

नेपाली नयाँ बर्ष भब्य र हर्षोल्लासपूर्वक मनाउन सिद्धार्थ ग्रुुपले सबै पुस्तामाझ लोकप्रीय गायक बज्राचार्यको टीमलाई ल्याउने जमर्को गरेको हो । नेपाली नयाँ बर्ष तथा सिद्दार्थ होटेल स्थापना भएको एक दशक पुरा भएको अबसर समेत पारेर नेपाली कलाकार र गीत–संगीतमा रमाउने परिपाटीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्याक्रम गर्न लागिएको सिद्धार्थ होटल नेपालगन्जका महाप्रबन्धक सन्तोष न्यौपानेले बताए ।

siddharth pressmeet (3)

‘नेपाली नया बर्ष नेपाली कलाकार , नेपाली गीत, संगीत, नेपाली लोकबाजाका साथ नेपाली गीत संगीतमा रमाउँदै मनाउने परिपाटीलाई प्रोत्साहन गर्नु हामी सबै नेपालीको दायित्व हो भन्ने हाम्रो मान्यता रहेको छ ।’, न्यौपानेको भनाई छ ।

न्यु इयर इभ पार्टीमा बज्राचार्यको टीमको करिब ढाई घण्टा प्रस्तुति रहने पनि न्यौपानेले जानकारी दिए । बज्राचार्यलाई उधृत गर्दै न्यौपानेले अगाडि भने, ‘विदेशबाट पनि उहाँलाई थुप्रै निम्ताहरु आएका थिए । तर आफ्नो मौलिक नयाँ बर्षलाई प्राथमिकतामा राख्दै उहाँ हामीमाझ न्यू एयर इभ सेलिब्रेसन गर्न आउँदै हुनुहुन्छ ।’

siddharth pressmeet (2)

२०४७ सालबाट सांगीतिक यात्रामा रहेका दीपकको अघिल्लो बर्ष ‘मनमगन’ गीत आएपछि चर्चाको शिखरमा छन् । ‘ओ अमिरा’, कालीकाली हिस्सी परेकी, ‘मायाको डोरीले’ ‘वरवर’ लगायत दर्जनौं गीत चर्चित छन् ।

आफ्नो सांगीतिक यात्राको करिब २ दशक पश्चिमा शैलीका गीतहरुमार्फत चर्चा कमाएका दीपकले ७ बर्ष यता नेपाली गीत–संगीत र बाद्ययन्त्रको प्रबद्र्धनार्थ ‘लेट्स द वल्र्ड डान्स इन नेपाली म्यूजिक’ अभियान चलाएका छन् । उनका पछिल्ला हरेक गीतमा परम्परागत नेपाली बाजाहरुको उत्कृष्ट संयोजन पाईन्छ ।

सिद्धार्थ भ्यूको खुल्ला मैदानमा सांगीतिक प्रस्तुति हुने सिद्धार्थ ग्रुपका रिजनल म्यानेजर केशब न्यौपानेले बताए । ‘जहाँ गायक बज्राचार्यसहित स्थानीय कलाकार र चर्चित डीजेले पनि सांगीतिक माहौललाई थप रोमाञ्चक बनाउने छन् ।’, रिजनल म्यानेजर न्यौपानेले भने ।

siddharth pressmeet (1)

‘न्यू इएर इभ’ कार्यक्रममा प्रवेशका लागि प्रतिव्यक्ति १५ सय रुपैयाँ टीकट तोकिएको छ । नयाँ बर्ष सेलिब्रेसनका लागि आउनेहरुलाई सहज र सुविधायुक्त सेवा दिने दाबी गरेको सिद्धार्थले १ हजारको संख्यामा मात्र टीकट विक्री गर्ने सोच बनाएको छ । ‘पाहुनाहरुलाई चुस्तदुरुस्त सेवा दिन सकियोस् र व्यवस्थापनमा समस्या नआओस् भनेर हामीले १ हजार टीकट मात्र बिक्री गर्ने सोच बनाएका छौं ।’, रिजनल म्यानेजर न्यौपानेले भने ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*