आठौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहको कार्यतालिका यस्तो छ

Posted:: (4 months ago) | April 18, 2019| 419 views
फोटो : विष्णु कंडेल

फोटो : विष्णु कंडेल

– बिहीबार बेलुका ४–५ वजेसम्म सर्वसाधरण लगायतलाई रङ्गशाला प्रवेश गराइनेछ ।

– साढे ५ बजे रङ्गशालाका सवै ढोकाहरु बन्द गरिनेछ ।

– ५ः४५मा राष्ट्रपतिको नेपालगन्ज रङ्गशालामा प्रवेश हुनेछ ।

– ६ बजे राष्ट्रपतिको सम्मानका लागि नेपाली सेनाको संगित धुन बजाइनेछ । सोही क्रममा राष्ट्रपतिको आशन ग्रहण हुनेछ ।

– ६ः३० मा राष्ट्रपतिको आशन ग्रहण सहित विभिन्न मार्चपास गरिनेछ ।

– ७ बजे प्रदेश पाँचका मुख्यमन्त्रीद्वारा स्वागत मन्तब्य राखिनेछ ।

– ७ः१५ मा ओलम्पियन सुरेन्द्र हमालद्वारा ओलम्पिक टर्च बालिनेछ ।

– सोही क्रममा उपस्थित विभिन्न स्कुलका विद्यार्थी, खेलाडी, सुरक्षाकर्मी लगायतले आफ्ना सांगीतिक गतिविधि गर्ने छन् ।।

– करिब ९ बजे सम्म हुने कार्यक्रमको अन्त्यमा नेपालको राष्ट्रिय खेलकुद ईतिहासमै पहिलो पटक गरिन लागेको आतिशबाजी गराई दर्शक तथा उपस्थित अतिथीहरुलाई मनोरञ्जन प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*