निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा विशेषज्ञ सेवा दिइँदै

Posted:: (1 month ago) | April 19, 2019| 314 views

नेपालगन्ज पासाङ्गल्हामु रोडमा भोलि विशेषज्ञ डक्टरहरुको नेतृत्वमा निःशुल्क स्वास्थ्य परीक्षण सिविर संचालन हुने भएको छ । शिविरमा छाला, कुष्ठ, यौन तथा सौन्दर्य सम्बन्धी समस्या, नाक, कान, घाँटी सम्बन्धी समस्या, प्रसुती तथा स्त्रीरोग सम्बन्धी समस्या भएका विरामीहरुको स्वास्थ्योपचारका लागि विशेषज्ञ डक्टरहरु रहने छन् । त्यस्तै शिविरमा आउने सेवाग्राहीका लागि फिजिसियन सेवा पनि उपलब्ध छ ।

health camp
छाला, कुष्ठ, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डा. अभिषेक अर्जेल, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अंशु शर्मा, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. जिज्ञासा सुवेदी, कन्सल्टेन्ट फिजिसियन डा. अलतावान राहीको नेतृत्वमा शिविरमा स्वास्योपचार गरिने छ ।

शिविरमा विशेषज्ञ डक्टरबाट निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क ब्लड सुगर जाँचको पनि व्यवस्था गरिएको छ । त्यस्तै रगत, दिशा, पिशाब जाँचमा २५ प्रतिशत छुट गरिएको छ भने भएसम्मका औषधिहरु पनि उपलब्ध गराईने भएको छ ।

शिविर एकता स्वास्थ्य क्लिनिक, डइनामिक रिफरेन्स ल्याब र नेपालगन्ज स्किन सेन्टरले संयुक्तरुपमा आयोजना गरेका हुन् । शिविर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*