राधापुरमा कार्डियो डाईबेटिक हेल्थ क्याम्प

Posted:: (4 months ago) | April 26, 2019| 197 views

मुटु र सुगर सम्बन्धी रोगका विरामीहरुलाई प्राथमिकतासहित सेवा प्रवाह गर्ने उद्देश्यले खजुरा गाउँपालिका–१ राधापुरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

शुक्रबार दिनभर संचालित शिविरमा ( कार्डियो डाईबेटिक हेल्थ क्याम्पमा) २ सय ५० जनाको स्वास्थ्योपचार गरिएको थियो । जहाँ उपचारार्थ आएका मुटु, रक्तचाप र सुगरका विरामीहरुलाई एक महिनासम्मको औषधि निशुल्क वितरण गरिएको थियो ।

health camp pic (1)

इसीजी र ब्लड सुगर पनि निशुल्क परीक्षण गरिएको शिविरमा बरिष्ठ फिजिसियन डा. मधु अर्यालसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र वडा नं १ का अध्यक्ष सुमन मल्लको स्वास्थ्य जाँच गरी शिविरको सुरुवात गरिएको थियो ।

health camp pic (2)

राधापुर स्वास्थ्य चौकी र खजुरा गाउँपालिका वडा नं. १ को कार्यालयद्वारा जिके फार्मासँगको सहकार्यमा स्वास्थ्य शिविर आयोजना भएको हो ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*