खजुरामा मिनी रंगशालाको शिलान्यास

Posted:: (4 weeks ago) | May 1, 2019| 117 views

खजुरा गाउँपालिका वडा नं. ४ स्थित डि गाउँ स्कूलको फुटबल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्न लागिएको छ । ४५ लाख रुपैयाँको लागतमा थालिएको पहिलो चरणको काम अन्तरगत प्याराफिटको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आज शिलान्यास गरे । तीन स्टेपको प्याराफिटको लम्बाई १ सय ४६ मिटरको हुने छ ।

football mini rangsala

प्रदेश सरकारको ३६ लाख र गाउँपालिकाको ९ लाख रुपैयाँ बजेटमा प्याराफिट निर्माण थालिएको हो । खेलाडी र खेलप्रेमीहरुको बाहुल्यता रहेको खजुरा क्षेत्रमा पछिल्लो समय धमाधम खेलकुद संरचना बनिरहेका छन् भने खेल गतिविधि पनि नियमितजसो भईरहेका छन् ।

football mini rangsala 4
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लिग चरणको खेल र अघिल्लो बर्षको नेपालगन्ज गोल्डकप पनि मिनी रंगशाला बन्दै गरेको फुटबल मैदानमा खेलाईएको थियो ।

खजुरा गाउँपालिकाको चौथो गाउँसभालले यो ठाउँमा मिनी रंगशाला बनाउने सर्र्वसम्मत निर्णय गरेको थियो । खजुरा गाउँपालिका प्रमुख  कक्षपतिले खेलकुदको विकास गर्दै खेलकुद क्षेत्रबाट पनि खजुरालाई चिनाउने सोंचका साथ खेल पूर्वाधारमा लगानी गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*