वडा कप क्रिकेट : परसपुर विजयी

Posted:: (3 weeks ago) | May 3, 2019| 119 views

१७ नं. वडा कप क्रिकेट प्रतियोगिता परसपुर क्लबले जितेको छ । शुक्रबार भएको फाईनलमा ढोडे गाउँ क्लबलाई १० रनले पराजित गर्दै परसपुरले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङमा उत्रिएको परसपुरले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाउँदै ८२ रन जोडेको थियो । जसमा इसराइल इद्रिसीले २६, मोबिन इद्रिसीले १३ र सुफियान शेषले ११ रन जोडेका थिए ।

विजेता टीम परसपुर क्लबलाई ट्रफी प्रदान गर्दै वडा नं. १७ का वडाध्यक्ष अजय कुमार पाठक ।

विजेता टीम परसपुर क्लबलाई ट्रफी प्रदान गर्दै वडा नं. १७ का वडाध्यक्ष अजय कुमार पाठक ।

८३ रनको लक्ष्य पछ्याएको ढोडे गाउँका ब्याट्स्म्यानहरुले बुद्दिमतापूर्वक नखेल्दा म्याच गुमाउनु परेको थियो । आक्रामक ब्याटिङ गर्ने धुनमा ढोडे गाउँका प्रविण सिंह बाहेकका व्याट्सम्यानहरु सस्तैमा पेवेलियन फर्कनु परेको थियो । प्रविणले २८ रन बनाउँदा उनलाई साथ दिने कोही खेलाडी भएनन् ।

प्रतियोगिताको बेस्ट बलर ढाडे गाउँका हंसराज साहु भए भने बेस्ट् ब्याट्सम्यान परसपुरका इसराईल इद्रिसी भए । म्यान अप दि सिरिज भने परसपुरकै सुफियान शेष भएको म्याच निर्णायक निर्मल वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*