अन्तरबैंक फुटसल : कैलाश विकास बैंकलाई उपाधी

Posted:: (3 weeks ago) | May 4, 2019| 254 views

प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधी कैलाश विकास बैंकले जितेको छ । शनिबार भएको फाईनल खेलमा एसबीआई बैंकलाई सून्यका विरुद्ध तीन गोलले पराजित गर्दै कैलाश विकास बैंकले उपाधी जितेको हो ।

footsal pic (1)

फाईनलमा कैलाश विकास बैंकका लागि रमेश बोहोराले २ गोल गरे भने निशान थापाले १ गोल गरेका थिए । उपाधि विजेता टोलीले २५ हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता एसबीआई बैंकले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवि नेपालले विजेता/उपविजेता टोली तथा खोलाडीलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा अनुशासित टीम भार्गव विकास बैंक भएको छ ।

footsal pic (2)
कैलाश विकास बैंकका रमेश बोहरा वेस्ट प्लेयर बन्दै एउटा माउन्टेनबाईक साईकल प्राप्त गर्न सफल भएका छन् । त्यस्तै बेस्ट स्कोरर मेगा बैंकका विरेन्द्र बहादुर चन्द बनेका छन् । सेमिफाईनलसम्मको यात्रा गरेको मेगा बैंकका लागि चन्दले १७ गोल गरेका थिए ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ नेपालगन्ज समितिले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*