दोस्रो मेयर कप शारीरिक सुगठन प्रतियोगिता हुँदै

Posted:: (3 months ago) | May 5, 2019| 428 views

यही जेठ ४ गते दोस्रो मेयर कप शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता संयोजक बाँके जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले आईतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी ६ वटा तौल समूहका खेलाडीहरु प्रतियोगितामा सहभागि हुने जानकारी दियो ।

संघका अध्यक्ष मनोज कुमार श्रेष्ठका अनुसार ५५, ६०, ६५, ७०, ७५ तथा ८० र सोभन्दा माथिका गरी ६ समूहमा विभाजन गरेर खेलाडीहरुको प्रतिस्पर्धा गराईने छ । प्रत्येक समूहबाट प्रि–जजिङ राउण्ड पार गर्ने ५ जनालाई मात्र फाईनल राउण्डमा सहभागि हुने अवसर प्राप्त हुने छ । प्रि–जजिङ राउण्ड भने जेठ ३ गते नै हुने छ ।

saaririk sugathan press meet

नगरभवनको हलमा संचालन हुने प्रतियोगितामा प्रत्येक समूहबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५, ३ र २ हजार नगदसहित मेडल प्रदान गरिने छ । त्यस्तै सबै समूहका विजेताहरुबीचको प्रतिस्पर्धाबाट एक जना च्याम्पियन छनौट गरिने छ । च्याम्पियन हुनेले १० हजार नगद प्राप्त गर्ने छ ।

प्रतियोगिता आयोजनाका लागि नेपालगन्ज उपमहानगरपालिकाले ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । मेयर राणाले युवा÷युवतीहरु कुलतमा नफसुन् भनेर यस किसिमको शारीरिक सुगठन प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाले सहयोग गरेको बताए । मेयर राणाले भने , ‘ बडिविल्डिङको विषय युवायुवतीहरुसँग जोडिएको छ । उनीहरुलाई कुलतबाट जोगाउने स्वास्थ्यप्रति सजग बनाउने प्रमुख उद्देश्य यो कार्यक्रमको हो ।’

हरेक वार्डमा २÷३ वटा यस्ता फिट्नेस क्लब संचालन होउन् र युवायुवतीहरु आफ्नो स्वास्थ्यप्रति सजग भई कुलतमा नफसुन् भन्ने आफ्नो सोच रहेको पनि मेयर राणाको भनाई थियो । नेपालगन्जमा मात्र हाल १ दर्जन बढी फिट्नेस क्लब संचालनमा छन् । जहाँ करिब २ हजार जनाले जीम गर्ने गरेको बाँके जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*