सदरलाईनमा खुल्यो नेपालगन्ज ज्वैलर्स

Posted:: (3 weeks ago) | May 5, 2019| 347 views

नेपालगन्जको सदरलाईनमा नयाँ ज्वैलरी हाउस संचालनमा आएको छ । सुनारमण्डी जाने बाटो छेउमा आईतबारदेखि संचालनमा ल्याईएको नेपालगन्ज ज्वैलर्सले ग्राहकहरुको चाह अनुसार मेसिनको प्रयोग गरी अत्याधुनिक डिजाईनका गरगहना बनाईने जनाएको छ ।

nepalgunj jwelers (3)

नेपालगन्ज ज्वैलर्सका प्रोपराईटर अतुल कुमार पाठकका अनुसार अहिलेको बजारको माग अनुसार दक्ष कालिगढद्वारा सुन,चाँदी, हिराका गरगहना बनाउने प्रबन्धसहित नेपालगन्ज ज्वैलर्सको सोरुम संचालनमा ल्याइएको हो ।

nepalgunj jwelers (1)
प्रोपराईटर पाठकले भने, ‘राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका गरगहना नेपालगन्जमै ग्राहकहरुलाई उपलब्ध गराउन हामी सक्षम छौं । नयाँ डिजाईनका लागि अब ग्राहकले काठमाडौं, लखनउ, दिल्ली लगायतका ठाउँमा धाउनुपर्ने बाध्यता रहने छैन ।’ अन्यत्रको तुलनामा गरगहना बनाएको ज्याला पनि आफ्नो सोरुममा सस्तो हुने पाठकको भनाई छ ।

nepalgunj jwelers (2)

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*