नेपालगन्जमा किया मोटर्सको शोरुम खुल्यो

Posted:: (2 months ago) | May 8, 2019| 177 views

kiya२५ बर्षदेखि नेपाली बजारमा प्रभाव जमाउँदै आएको चर्चित कोरियन कार ब्राण्ड किया मोटर्सको शोरुम नेपालगन्जमा पनि खुलेको छ । नेपालका लागि किया मोटर्सको आधिकारिक विक्रेता तथा वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सोरुम सञ्जाल विस्तार गर्दै नेपालगन्जमा पनि किया शोरुम स्थापना गरेको हो । नेपालगन्जका लागि आधिकारिक बिक्रेता अटोरान्च प्रालिद्वारा राँझामा संचालित शोरुममा किया ब्राण्ड्का लोकप्रीय मोडेलका गाडीहरु उपलब्ध छन् ।
आधुनिक मापदण्ड अनुरुप निर्मित राँझा चोकस्थित शोरुम बुधबार एक विशेष समारोहकाबीच उद्घाटन गरियो । जहाँ कम्पनीका अधिकारीहरुसहित यस क्षेत्रका व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । ग्राहकहरुको माग र सुविधालाई ध्यान दिँदै सेल्स्, सर्भिस र स्पेयर पार्टस् गरी थ्रीएस सेवाहरु शोरुममा एकसाथ उपलब्ध रहेको शोरुमका प्रोपराईटर अपूर्व सिंहले जानकारी दिए । किया ब्राण्डका कार बिक्रीसँगै सेवा प्रवाहलाई पनि उत्तिकै प्राथमिकता दिने र सम्पूर्ण उपभोक्तालाई उत्कृष्ट सेवा प्रदान गर्न सँधै तत्पर रहेको पनि सिंहले बताए ।
हालसम्म कोरियाबाट सोझै आयात भईरहेको किया ब्राण्ड्का विभिन्न मोडेलका गाडीहरु अबको दुई महिनाभित्रै भारतबाट पनि आयात हुने भएको छ । जसका लागि भारतमा किया मोटर्सको प्लान्टबाट गाडी उत्पादन सुरु भईसकेको छ । योसँगै किया गाडीहरुको माग र लोकप्रियता अझै बढ्ने कम्पनीको विश्वास छ ।
किया पिकान्टोका पेट्रोल इन्जिनमा दुई मोडेल तथा स्पोर्टेजमा २ मोडेल डिजल र २ मोडल पेट्रोल इन्जनमा उपलब्ध छ । त्यस्तै यहाँ उपलब्ध गाडीहरु ५ सिट क्षमतादेखि ११ सिट क्षमतासम्मका छन् । न्यूनतम ३४ लाख ९९ हजारदेखि १ करोड ३९ लाख रुपैयाँसम्मका गाडीहरु नेपालगन्ज शोरुममा उपलब्ध रहेको पनि मार्केटिक म्यानेजर सुदीप गिरिले जानकारी दिए ।
आधुनिक, आरामदायी र सुरक्षामा विशेष ध्यान पु¥याउँदै निर्मित कियाका गाडीहरु पेट्रोल, डिजल र विद्युतीय गरी तीनै प्रकारका नेपाली बजारमा उपलब्ध छन् । इलेक्ट्रिक गाडीका लागि कियाले कुरिनटार र पोखरा र नारायणघाटमा निजी लगानीमा चार्जिङ स्टेसन पनि बनाईसकेको छ । त्यस्तै बुटवलमा निर्माण भईरहेको छ भने चाँडै नै नेपालगन्जको राँझा चोकमा चार्जिङ स्टेसन बनाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*