ब्राईटल्याण्ड स्कुलकी निर्दयी शिक्षक : कपीमा कभर नलाएको भन्दै ८ बर्षीया बालिकामाथि कुटपिट

Posted:: (2 months ago) | May 9, 2019| 7,204 views

नेपालगन्जस्थित ब्राईटल्याण्ड स्कुलकी एक शिक्षिकाले ३ कक्षामा अध्ययनरत आफ्नै विद्यार्थीलाई नराम्ररी कुटपिट गरेको आरोप लागेको छ । ३ कक्षामा पढ्ने अनन्या शर्मामाथि कुटपिट गर्ने शिक्षिकाको नाम स्कुलले गोप्य राखेको छ । कपीमा कभर नलगाएको निहुँमा बुधबार शिक्षिकाले ८ बर्षीया अनन्यालाई कुटेकी हुन् ।

घरमा पुगेर अनन्याले कान र नाकमा पीडा भईरहेको हाउभाउ देखाएपछि अभिभावकहरुले सोध्दा शिक्षिकाले नाक र कानमा बेस्सरी हानेको जवाफ दिएकी थिईन् । अनन्यालाई उधृत गर्दै उनका काका सन्तोष शर्माले भने, ‘कपीमा कभर नलगाएको भनेर मिसले पिट्नु भयो । नाकबाट खुन पनि आएको थियो । कान पनि दुखीरहेको छ ।’

प्रतिकात्मक तस्विर (गुगलबाट)

प्रतिकात्मक तस्विर (गुगलबाट)

अनन्यामाथि कुटपिट भएको थाहा पाएपछि काका सन्तोषले बिहीबार ब्राईटल्याण्ड स्कुलका प्रिन्सिपल विजय लामासँग गएर भेट्दा उल्टो दुव्र्यवहार भएको छ । सन्तोषले भने, ‘मैले मेरो भतिजीमाथि कुटपिट गरिएको र कुटपिट गर्ने शिक्षिकालाई बोलाउन भन्दा प्रिन्सिपलले उल्टो दुव्र्यवहार गर्नु भो । म अभिभावक नभएको भन्दै मलाई कुनै जानकारी नै दिईएन र दाईलाई ( अनन्याका बुबालाई )लिएर आउन भनियो ।’

अनन्याका बुबा विनोद कामका शिलशिलामा बाहिर रहेकाले भतिजीमाथि कुटपिट भएपछि आफू स्कुलमा घटनाबारे बुझ्न गएको सन्तोषले बताए । तर प्रिन्सिपलले घटना दवाउन खोजेको अनुभुत भएको पनि उनले बताए । सन्तोषका अनुसार शिक्षिकाले कुटपिट गरेकोबारे प्रिन्सिपल लामा पनि जानकार छन् । उनले अनन्यालाई बोलाएर घटनाबारे बुझिसकेका छन् ।

घटनाबारे प्रिन्सिपल लामासँग बुझ्न खोज्दा पहिलो पटक उनको ९८४८२९७२८९ नं. को मोबाईल फोन उठेन । फेरि गर्दा स्वीच अफ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*