नेपालगन्ज उपमहानगरपालिकाका चालक रुपेश तुलाधर मृत भेटिए

Posted:: (4 months ago) | May 10, 2019| 2,335 views

नेपालगन्ज उपमहानगरपालिकाको वातावरण तथा सरसफाई शाखामा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । उपमहानगरपालिकाको फोहर संकलन गर्ने टिपरको चालककारुपमा ज्यालादारीमा कार्यरत रुपेश कुमार तुलाधरको शव आज जिल्ला समन्वय समितिको कार्यालयको पछाडितर्फ फेला परेको हो ।

मृतक तुलाधरको शव घोप्टोमुखी भएर पल्टीरहेको अवस्थामा घसियारहरुले (घाँस काट्ने) देखेपछि जिल्ला समन्वय समितिका सुरक्षा गार्डलाई खबर गरेका थिए । लगत्तै समन्वय समितिबाट प्रहरीलाई खबर गरेर हेर्दा तुलाधर मृत अवस्थामा रहको थाहा लागेको थियो ।

59660942_315310202474045_3222555554652094464_n
तुलाधर हिंजोदेखि सम्पर्कमा थिएनन् । तुलाधरको अनुहारको दायाँ भागमा चोट लागेको देखिएको छ । शवको प्रकृति हेर्दा भुँइमा बजारिएर अनुहारको दाँया भागमा चोट लागेको देखिएको प्रहरीको भनाई छ । मृतक तुलाधरको हातमा कलम र गाडीको चाबी कसिलो गरी समातेको देखिएको छ ।

rupesh 1

शव गन्हाउन लागिसकेको थियो । शवको अवस्था हेर्दा हिंजो दिउँसो नै तुलाधरको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । तुलाधर मृत भेटिएको ठाउँ वरपर झ्याङ् रहेको छ । जहाँ खासै मानिसहरुको आवजाउ हुँदैन ।

शव पोस्टमार्टमका लागि भेरी अञ्चल अस्पताल लगिँदै छ । अन्दाजी ४० बर्षीय तुलाधर नेपालगन्ज वडा नं. ३ का स्थायी बासिन्दा थिए । प्रहरीले तुलाधरको मृत्युको कारणबारे अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*