अवकासप्राप्त शिक्षकको सेवासुविधा बृद्धि गर्न माग

Posted:: (2 weeks ago) | May 10, 2019| 159 views

अवकासप्राप्त सरकारी शिक्षकहरुले सरकारसमक्ष सेवासुविधा बृद्धिको माग गरेका छन् । अवकासप्राप्त शिक्षकहरुको संगठन नेपाल निवृत्त शिक्षक समाज बाँकेको शुक्रबार नेपालगन्जमा भएको भेलाले सरकार समक्ष ४ वटा मागहरु प्रस्तुत गरेको छ ।

sikchhyakकार्यरत शिक्षक कर्मचारीहरुको तलब/भत्ता बृद्धि हुँदा निवृत्त शिक्षक कर्मचारीहरुको पनि शतप्रतिशत तलब/भत्ता बृद्धि हुनुपर्ने, निवृत्त शिक्षक कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईनुपर्ने निवृत्त शिक्षक समाजको माग छ ।

अवकासप्राप्त शिक्षक कर्मचारीहरुको पेन्सन बृद्धिको प्रावधान पनि सच्च्याईनुपर्ने उनीहरुको माग छ । अवकास प्राप्त शिक्षकहरुको पेन्सन हाल ७५ बर्ष र ८५ बर्षमा गरेर दुई पटक १०/१० प्रतिशत बृद्धि हुने प्रावधान छ । तर त्यसलाई घटाएर ७० बर्ष र ८० बर्ष कायम गरिनुपर्ने अवकासप्राप्त शिक्षकहरुको माग छ ।

यसैगरी पेन्सन प्राप्तकर्ता शिक्षक कर्मचारीको मृत्यु भएमा हकवालाले बाँचुन्जेलसम्म शतप्रतिशत पेन्सन पाउनुपर्ने पनि निवृत्त शिक्षक समाजले माग अघि सारेको छ । हाल पेन्सन प्राप्तकर्ता शिक्षक कर्मचारीको मृत्यु भएमा हकवालाले आजीवन ५० प्रतिशत पेन्सन पाउने व्यवस्था छ ।

नेपाल निवृत्त शिक्षक समाज बाँकेका अध्यक्ष सच्चिदानन्द चौबेको सभापतित्वमा भएको भेला नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय प्रतिनिधि बलराम यादवको प्रमुख आतिथ्यतामा भएको थियो । भेलामा समाजका उपाध्यक्ष बृजेस बहादुर सिंह, श्री कृष्ण मुरारी प्रसाद भट्ट, कृष्णा पाठक, चेतराम शर्मा लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा शिक्षक संघ बाँकेका अध्यक्ष विरेन्द्र यादव, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष रेखा धिताल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*