दुर्घटनामा एक जनाको मृत्यु, तीन जना गभ्मीर घाईते

Posted:: (2 weeks ago) | May 12, 2019| 311 views

बाँकेको कुसुममा सडक दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाईते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे.६प ९८२३ नं. को मोटरसाईकलले सोही दिशातर्फ जाँदै गरेको साईकललाई आज साँझ करिब साढे ६ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।
news feature
दुर्घटनामा परेर साईकलमा चढेका राप्ती सोनारी गाउँपालिका– १ कुसुमका २८ बर्षीय गोबिन्द कुमालको मृत्यु भएको हो । उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा ल्याउने क्रममा गोबिन्दको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा तीन जना चढेका थिए । मोटरसाईकल चढेका कुसमका २२ बर्षीय विनोद वली, २४ बर्षीय गणेश कुमाल र २६ बर्षीय हेमबहादुर कुमाल गम्भीर घाईते भएका हुन् । घाईते तीनै जनाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*