ब्राईटल्याण्डद्वारा विद्यार्थी कुटेको स्वीकार !

Posted:: (2 weeks ago) | May 12, 2019| 362 views

ब्राईटल्याण्ड स्कुलकी कक्षा ३ मा अध्यनरत ८ बर्षिया बालिका अनन्या शर्मामाथि शिक्षिकाबाट कुटपिट भएको स्कुल प्रशासनले स्वीकारेको छ । आईतबार घटनाबारे बुझ्न गएको इन्सेकको टोलीसँग कुरा गर्दै प्रिन्सिपल विजय लामा र कुटपिट गर्ने शिक्षिका अनिता शर्माले गल्ती स्वीकारेका हुन् । तर नाकबाट खुन आउनेगरी भने नकुटिएको उनीहरुको प्रष्टिकरण थियो ।

घटनाबारे बुझ्न पुगेका इन्सेकका डकुमेन्टेसन अफिसर विनोद पाण्डेले अवध पोस्ट्सँग कुरा गर्दै भने, ‘शिक्षिका र प्रिन्सिपल दुवैले बालिकालाई कुटिएको स्वीकारे । तर नाकबाट रगत आएको भन्ने कुरा भने उनीहरुले स्वीकारेनन् ।’ कपीमा गाता (कभर) नहालेको र लेख्दा दायाँ/बाँया (मार्जिन) नछाडेको हुँदा शिक्षिका शर्माले अनन्यालाई झापड हानेको भन्ने जानकारी आफूहरुलाई दिईएको पाण्डेले बताए ।

तर, अनन्याले भने आफूलाई चार पटक हानिएको र नाकबाट रगत समेत आएको जानकारी दिएको पनि पाण्डेले बताए । यता नेपालगन्ज उपमहानगरपालिका अन्तरगतको शिक्षा समितिको टोली भने घटनाबारे आईतबार पनि बुझ्न गएन । शिक्षा समितिका सदस्य अजय कुमार पाठकले कार्यब्यस्तताका कारण जान नपाएको बताए । उनले सोमबार शिक्षा समितिको टोली स्कुलमा गएर घटनाबारे बुझ्ने र आवश्यक कारबाही अघि बढाउने जनाए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*