तेह्र बर्षीया बालिकाको यौन शोषण : गर्भपतन गराउँदा ज्यानै जोखिममा !

Posted:: (2 months ago) | May 15, 2019| 432 views

यौन शोषणमा परेर गर्भ बोकेकी १३ बर्षीय एक बालिकाको गर्भपतन गराउन खोज्दा ज्यानै खतरामा परेको छ । असुरक्षित गर्भपतनका कारण रक्तश्राव नरोकिँदा उनको अवस्था चिन्ताजनक छ । अचेत अवस्थामा रहेकी बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–९ घर भई करिब ३ महिना यता नेपालगन्ज–१० गोसाइँ गाउँमा बस्दै आएकी ति बालिकामाथि यौन शोषण गर्ने व्यक्ति को हुन् अँझै थाहा लागेको छैन । प्रहरी श्रोतका अनुसार घरका सदस्यहरुले नै बालिकाको गर्भपतन गराउन भारतीय सीमावर्ती बजार रुपैडिहा लगेका थिए ।

icu pic_nepalgunj medical college kohalpur (1)

यौन शोषण गर्ने व्यक्ति पक्राउ परिनसकेको र बालिका पनि अचेत अवस्थामा रहेको जानकारी दिएको प्रहरीले अनुसन्धानकै क्रममा रहेको भन्दै विस्तृत जानकारी दिईसकेको छैन । बाँके प्रहरी प्रमुख अरुण पौडेलका अनुसार केही महिना अघिमात्रै सुर्खेतबाट बसाई सरेर आएका बालिकाका अभिभावक मजदुरी गर्छन् ।

अत्यधिक रक्तश्राव हुँदा गोसाइ गाउँमा भाडामा बसेको घरमा बालिका रोईकराई गरेको थाहा पाएपछि प्रहरीकै सक्रियतामा मंगलबार बालिकालाई भेरी अस्पताल नेपालगन्ज उपचारार्थ पु¥याईए पनि त्यहाँ उपचार संभव नभएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

बालिकाको शरीरमा रगत अत्यन्तै न्यून भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको ब्लड ग्रुप एबी नेगेटिभ हो । रक्तसंचार केन्द्रमा अहिले एबी नेगेटिभ समूहको रगत छैन । एक जना प्रहरी हवल्दारबाट १ पिन्ट र रक्तसंचार केन्द्रमा रहेको १ पिन्ट एबी नेगेटिभ ब्लड मंगलबार नै बालिकालाई चढाईसकिएको छ ।

बालिकालाई अँझै कम्तिमा ५ पिन्ट रगत आवश्यक पर्न सक्ने चिकित्सकहरुले बताएका छन् । प्रहरीले एबी नेगेटिभ रगत भएका दाताहरुलाई रक्तदान गर्न अपील पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*