असुरक्षित गर्भपतन प्रकरण : बालिकाको अवस्था ‘आउट अफ डेन्जर’, रगत अँझै आवश्यक

Posted:: (3 months ago) | May 16, 2019| 277 views

असुरक्षित गर्भपतनका कारण ज्यानै जोखिममा परेकी १३ बर्षीया बालिकाका लागि आवश्यक रगत नपाउँदा उपचारमा समस्या परेको छ । बालिकाको एबी नेगेटिभ समूहको रगत अभाव रहेको छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ति बालिकाको शरीरमा अहिले मात्र ६ पिन्ट रगत रहेको उपचारमा संलग्न चिकित्सक डा. विनोद महासेठले जानकारी दिए । डा. महासेठका अनुसार बालिकालाई अहिलेसम्म ४ पिन्ट रगत चढाई सकिएको छ । ‘शरीरमा कम्तिमा पनि १० पिन्ट रगत हुनुपर्छ । तर अहिले विरामीको शरीरमा आधामात्र रगत भएको अवस्था छ ।’, डा. महासेठले भने ।

icu pic_nepalgunj medical college kohalpur (2)

आवश्यक पर्ने थप रगत संकलनका लागि सबैतिर पहल भईरहेको डा. महासेठले बताए । बालिकाको अवस्था खतरामुक्त रहेको पनि डा. महासेठको भनाई छ । ‘सबैतिर पहल गरेपछि केही रगत संकलन भयो । रगत चढाएपछि अहिले बालिकाको अवस्था आउट अफ डेन्जर (खतरामुक्त) छ ।’, डा. महासेठले भने, ‘ब्लड एरेन्ज (रगतको व्यवस्था) गर्न नै मुख्य समस्या बनिदियो ।’

डा. महासेठले आफूहरु, प्रहरी लगायतले बालिकालाई आवश्यक रगतका लागि चौतर्फी प्रयास गरिरहेको पनि जानकारी दिएका छन् । ‘हामी सबैले रगतका लागि कोशिस गरिराखेका छौं । एबी नेगेटिभ रेयर (दुर्लभ) ब्लड ग्रुप हो ।’, डा. महासेठले भने ।

डा. महासेठका अनुसार रगत अभावका कारण बालिकाको पाठेघर पनि सफा गर्न सकिएको छैन । डा. महासेठले भने, ‘पाठेघर सफा गर्दा पनि रगतको आवश्यकता पर्छ । तर अहिले रगत नै नभएकाले हामीले त्यो (पाठेघर) पनि सफा गर्न सकेका छैनौं ।’

विश्वभरका कुल रक्तदातामध्ये करिब १ प्रतिशत मात्र एबी नेगेटिभ समूहका छन् । नेपालमा कुल रक्तदातामध्ये सून्य दशमलब ४ प्रतिशतको मात्र एबी नेगेटिभ समूहको रगत छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*