डा. रिजालको अस्ट्रेलिया भ्रमण : ‘कांग्रेसजनलाई एकाकार गर्ने अवसर’

Posted:: (4 weeks ago) | May 19, 2019| 1,082 views

नेपाली कांग्रेसको पश्चिम अस्ट्रेलिया जनसम्पर्क समितिको निमन्त्रणामा अस्ट्रेलिया भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल प्रवासी नेपालीहरुसँग छलफल र अन्तरक्रियामा व्यस्त रहेका छन् । अस्ट्रेलियामा रहेका नेपाली कांग्रेससम्बद्ध विभिन्न संघ/संगठनका प्रतिनिधिहरुसँग समेत भेटघाट गरी कांग्रेसमा आस्था राख्ने सवै प्रवासी नेपालीलाई एकताबद्ध भई नेपालको विकासमा योगदान पु¥याउन डा. रिजालले आग्रह गरेका छन् ।

60897846_291080598468263_8021929921632796672_n

पश्चिम अस्ट्रेलियाको पर्थमा कांग्रेससम्बद्ध संघ/संगठनका प्रतिनिधिहरुसँग भएको अन्तरक्रियामा डा. रिजालले आगामी एनआरएनए (नन रेसिडेन्टल नेपाली अस्ट्रेलिया) निर्वाचनबारे पनि चासो व्यक्त गर्दै सबैलाई समेटेर सहमतिमा अघि बढ्न सुझाव दिएको पर्थमा रहँदै आएका नेपाली कांग्रेसका नेता राजीव नरसिंह केसीले जानकारी दिए ।

60475407_1143066785883204_1565530302539890688_n

पश्चिम अस्ट्रेलिया जनसम्पर्क समितिका अध्यक्ष निल थपलियाका अनुसार डा. रिजालको अस्ट्रेलिया भ्रमण एनआरएनएको आगामी चुनावका सन्दर्भमा कांग्रेसमा आस्था राख्नेहरुका लागि ठूलो अवसर हो । डा. रिजालसँगको अन्तरक्रियाले कांग्रेसमा आस्था राख्ने प्रवासी नेपालीहरुमा उर्जा प्रवाह भएको पनि पश्चिम अस्ट्रेलिया जनसम्पर्क समितिका अध्यक्ष थपलियाको भनाई थियो ।

60579142_336297687084768_8439410513854595072_n

उता भिक्टोरियाको मेलवर्नमा प्रवासी नेपाली कांग्रेसजनहरुसँग पनि डा. रिजालले अन्तरक्रिया गरेका छन् । जुन अन्तरक्रिया अस्ट्रेलिया जनसम्पर्क समितिमा रहेको विवाद साम्य पार्न महत्वपूर्ण सावित भएको कांग्रेस नेता केसीले बताए ।

60352086_681993875587106_5120862487381540864_n

अस्ट्रेलिया जनसम्पर्क समितिका अध्यक्षद्वय सन्तोष सिटौला र कृष्ण गिरि दुवैको उपस्थितिमा भएको अन्तरक्रियाका सहभागिहरुलाई एक ढिक्का भएर अघि बढ्न डा. रिजालले सुझाएका थिए ।

60451173_623253291482728_3577370469491277824_n

आफूलाई आधिकारिक अध्यक्ष दाबी गर्दै आएका सिटौला र गिरि दुवैले चाँडै नै आपसमा सहमति कायम गरी जनसम्पर्क समितिलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएको जीपी फाउण्डेसन अस्ट्रेलियाका अध्यक्ष रमेश छतकुलीले बताए ।

60796550_652998498460774_8219354978226012160_n

१३ मेबाट अस्ट्रेलिया भ्रमणमा रहेका डा. रिजाल र उनकी श्रीमती दुर्गा रिजाल एक सातापछि काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*