नेपालगन्जका दुई भन्सार अधिकृतसहित दश जनाबिरुद्ध मुद्दा

Posted:: (4 months ago) | May 19, 2019| 719 views

नक्कली प्रज्ञापनपत्रबाट सामान पैठारी गरी राजस्व छली गरेको भन्दै नेपालगन्ज भन्सार कार्यालयका २ अधिकृतसहित ४ सरकारी कर्मचारी तथा ५ जना व्यवसायी र एक भन्सार एजेन्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाष प्रसाद श्रेष्ठ, भन्सार अधिकृत बटुककृष्ण अधिकारी र जाँचकी बसन्त कुमार अधिकारी र राजश्व अनुसन्धान विभागका नासु देविबहादुर थापाबिरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

ciaa

भन्सारका तीन कर्मचारीबिरुद्ध भन्सार एजेन्ट र व्यवसायीसँग मिलेमतो गरी नक्कली प्रज्ञापनपत्रमार्फत सामान आयात गरेर भन्सार महसुल तथा राजश्व छली गरेको अभियोग लगाईएको छ । त्यस्तै राजश्व अनुसन्धान विभागका नासु थापाबिरुद्ध अनुगमनका क्रममा बदनियतसाथ नेपाल सरकारलाई हानीनोक्सानी हुनेगरी भन्सार महसुल छली गराउन सहयोग पु¥याएको अभियोग लगाईएको छ ।

त्यस्तै भन्सार एजेन्ट दिनेश कुमार बानियाँ, वनवोरी माता ट्रेडर्सका सञ्चालक रविन्द्र गुप्ता, वनवोरी माता ट्रेडर्सका लागि काम गर्ने वीरेन्द्र गुप्ता, हिमालयन कार्गोको संचालिका मधुकुमारी चौधरी, हिमालयन कार्गोको लागि काम गर्ने विनोद कुमार गुप्ता र राहुल कुमार गुप्ताबिरुद्ध पनि भन्सार महसुल छलीको अभियोगमा मुद्दा दर्ता भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयबाट वनवोरी माता ट्रेडर्सको स्किम्ड मिल्क पाउडर ४ सय ब्याग सामान उल्लेख गरी मिति २०७५।०२।२४ मा जारी भएको झुट्टा प्रज्ञापनपत्र नं. १५३१५ का आधारमा मिति २०७५।२।२४ गते ना ६ ख ५८५९ र ना ७ ख १७ नम्बरका मालबाहक ट्रकबाट भन्सार महसुल तथा राजस्व छली गरी ल्याइएका मालबस्तुहरु र प्रज्ञापन पत्रमा उल्लेख नभएको घिउसमेत गरी बदनियतसाथ सामानधनीसँगको मिलेमतोमा २० लाख २४ हजार १ सय ४१ रुपैयाँ बराबरको भन्सार महसुल राजश्व छली तथा चुहावट भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*