आपत्कालिन सहायतार्थ नेपालगन्जमा फर्वार्ड लजिस्टिक बेस बन्दै

Posted:: (3 months ago) | May 22, 2019| 200 views

आपत्कालिन राहत सामाग्री भण्डारणका लागि नेपालगन्जमा फर्वाड लजिस्टिक बेस (एफएलबी) बन्ने भएको छ । नेपालगन्जको राँझा विमानस्थल परिसरमा बन्ने प्रदेश स्तरीय फर्वाड लजिस्टिक बेसको बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री बेरोनेस अलिजाबेथ सगले आज बिहान सिलान्यास गरिन् । यूके एडको सवा करोड रुपैयाँ सहयोगमा निर्माण भईरहेको राँझास्थित फर्वाड लजिस्टिक बेस सन् २०१९ को सेप्टेम्बर ३० भित्रमा पुरा भईसक्ने छ ।

संघीय सरकारको गृहमन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको साझेदारीमा विश्व खाद्य कार्यक्रमले ३ नं. प्रदेशबाहेक अन्य ६ वटै प्रदेशमा फर्वाड लजिस्टिक बेस निर्माण गर्दैछ । क्षेत्र नं. ३ को हकमा भने काठमाडौं एयरपोर्टस्थित मानवीय सहायता कक्ष यसअघि देखि नै संचालनमा रहेको छ ।

बेलायतको आर्थिक सहयोगमा काठमाडौंमा निर्मित मानवीय सहायता स्थलले विपत्को समयमा पु¥याएको उल्लेख्य योगदानलाई मध्यनजर गर्दैै फर्वार्ड लजिस्टिक बेसको अवधारणा बनाईएको हो । काठमाडौंस्थित मानवीय सहायता स्थल, २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको १ महिना अघिमात्रै आपत्कालिन तैयारी र प्रतिकार्यका लागि सञ्चालनमा ल्याइएको थियो ।

सहायता स्थललाई द्रुत सञ्चालनमा ल्याइएको हुनाले राहत सामग्री छोटो समयमा भूकम्पपीडितहरुमाझ पु¥याउन सकिएको थियो । सो सहायता स्थलको निर्माण नभएको भए पीडितसम्म राहतवितरण गर्न थप २१ दिन लाग्ने अवस्था थियो ।

नेपालगन्जस्थित फर्वार्ड लजिस्टिक बेस संरचना देशैभर आपत्कालिन कार्यहरु सञ्चालन गर्न प्रदेशस्तरमा निर्माण गर्न लागिएको पहिलो हो । निर्माण सम्पन्न भएपछि देशका सातै वटा प्रदेशका आ–आफ्नै फर्वार्ड लजिस्टिक बेस हरु हुनेछन् । यी फर्वार्ड लजिस्टिक बेसहरुको सञ्जालले आवश्यक राहत सामग्रीको उचीत भण्डारण गरी यस्ता सामाग्रीहरु विपत्को अवस्थामा समयमै देशका कुनाकाप्चामा उपलब्ध गराउन सहयोग पु¥याउने विश्वास गरिएको छ ।

फरवार्ड लजिस्टिक बेस सिलान्यास गरिँदै

फरवार्ड लजिस्टिक बेस सिलान्यास गरिँदै

‘यहाँ (नेपालमा) बाढी र भूःक्षयजस्ता प्राकृतिक प्रकोपहरुको ठूलो खतरा छ र गरिब समुदायहरु सबैभन्दा बढी जोखिममा छन् ।’, फर्वार्ड लजिस्टिक बेस सिलान्यास कार्यक्रममा बेलायतकी अन्तर्राष्ट्रिय विकासमन्त्री बेरोनेस सगले भनिन्, ‘हामी एउटा नया“ आपत््कालिन प्रतिकार्य केन्द्र बनाउनका लागि विश्व खाद्य कार्यक्रम (डब्लू एफपी) सँग सहकार्य गदैंछौं । जसले सबैभन्दा आवश्यक भएको समयमा द्रुत रुपमा काम गरी हामी र नेपाल सरकारलाई धेरैको ज्यान बचाउन सघाउ पु¥याउने छ ।’

सिलान्यास कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा र विश्व खाद्य कार्यक्रम डब्लूएफपी नेपालका उच्चपदस्थ कर्मचारीहरुको सहभागिता थियो ।

‘विपत् अगाडिको आपत्कालिन तयारीमा गरिने लगानीले समय र जीवन दुवैको बचत हुन्छ । प्रदेशमा स्थापना हुने फर्वार्ड लजिस्टिक बेसहरु, साथै सरकार र मानवीय संघ संस्थाहरुको क्षमता अभिवृद्धिले, प्रत्येक प्रदेशको बाढी पहिरो जस्ता विपत्को अवस्था सामना गर्ने स्तर र क्षमता बढाउने छ,’ विश्व खाद्य कार्यक्रम नेपालकी प्रतिनिधि तथा राष्ट्रिय निर्देशक पेपा ब्रयाड फोर्डले भनिन्, ‘यस महत्वपूर्ण पहलका लागि गरिएको ४२ लाख अमेरिकी डलर बराबरको उदार सहयोगका लागि हामी संयुक्त अधिराज्य सरकारप्रति कृतज्ञ छौं ।’

फर्वार्ड लजिस्टिक बेसमा ८ हजार मेट्रिक टन खाद्यान्न, संचार उपकरण, उद्दार सामाग्री, आकस्मिका उपचार सामाग्री लगायत भण्डारण गरेर राखिने छ । जुन विपद्का समयमा तत्काल परिचालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*