कोहलपुरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक जना गम्भीर घाईते

Posted:: (3 months ago) | May 23, 2019| 1,192 views

कोहलपुरको साझा चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएकी छिन् ।

मोटरसाईकल र ट्रयाक्टर आपसमा ठोक्किँदा मोटरसाईकल चालक कोहलपुर–८ का ६० बर्षीय खड्क बहादुर घर्ती मगरको मृत्यु भएको हो । मोटरसाईकलमा पछाडि बसेकी ५५ बर्षीया श्यामकला घर्ती गम्भीर घाईते भएकी हुन् ।
kohalpur pic
घाईते श्यामकलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार सम्भव नभएपछि चिकित्सकहरुले लखनउ रेफर गरेका छन् । उनलाई उपचारका लागि लखनउ लगिएको छ ।

आज दिउँसो करिब १२ बजे नेपालगन्जबाट कोहलपुर जाँदै गरेको भे.१त ६४६९ नं. को ट्रयाक्टर र कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको भे.४प ७३२९ नं. को मोटरसाईकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*