फुटबलर विपीनको विदाई

Posted:: (3 months ago) | May 24, 2019| 661 views

एन्फा एकेडेमीको क्याम्पमा पर्न सफल बाँकेका विपीन थापालाई शुक्रबार नेपालगन्जमा सम्मानसहित विदाई गरिएको छ । १३ बर्षमुनीका फुटबल खेलाडीको देशैभरबाट भएको छनौटमा खजुरा गाउँपालिका–२ का विपीन बाँकेबाट छनौटमा परेका हुन् ।

20190524_083954
विपीनलाई अबको पाँच बर्ष एन्फा एकेडेमीले फुटबल प्रशिक्षण दिनुका साथै पढ्ने, बस्ने र खाने व्यवस्थासिहत फुटबल खेलका लागि आवश्यक किटहरु उपलब्ध गराउने छ । विपीन बाँके जिल्ला फुटबल संघ बाँकेका उपाध्यक्ष नगिना श्रेष्ठ थापाका छोरा हुन् ।

20190524_084246
नेपालगन्ज–११ युथ स्पोर्टस् क्लबको आयोजनामा विपीनलाई सम्मान गरिएको हो । क्लबका अध्यक्ष घनश्याम थापा लगायतले विपीनलाई सम्मान एवम् विदाई गर्दै उनको सफलताको कामना गरेका थिए ।

20190524_083820
सो अवसरमा जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बहादुर थापा, बाँके जिल्ला फुटबल संघका सदस्य रविन्द्र श्रेष्ठ, सानु तामाङ, केशव राना, जनक केसी, आयोजक क्लबका सचिव गान्धी हमाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*