सहकारी वित्तीय संस्थामा २५ करोड अपचलन : बैंकिङ कारोबार बन्द, अध्यक्ष पक्राउ !

Posted:: (6 months ago) | May 26, 2019| 1,188 views

नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा २५ करोड रुपैयाँ भन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट यति ठूलो परिमाणको रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ ।

ग्राहकको करिब ५२ करोड रुपैयाँ मौज्दात जम्मा गरेको संस्थामा २६ करोड रुपैयाँ अपचलन हुँदा बचतकर्ताहरुले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् । बचतकर्ताहरुलाई दिने रकम नभएपछि आईतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ कार्यालय नै बन्द गरेको छ ।

बचत रकम झिक्न नपाएपछि ग्राहकहरु आईतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो बचत फिर्ता गराईदिन जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका छन् । सहकारी वित्तीय संस्था लिमिटेडमा एउटै व्यक्तिको ३० लाख रुपैयाँसम्म बचत रहेको छ ।

पीडित बचतकर्ताहरु रकम जम्मा गरेको पासबुक देखाउँदै जिल्ला प्रशासन कार्यालयमा ।

पीडित बचतकर्ताहरु रकम जम्मा गरेको पासबुक देखाउँदै जिल्ला प्रशासन कार्यालयमा ।

आईतबार जिल्ला प्रशासन कार्यालयमा भेटिएका अशोककुमार ठटेरले आफूले मिहेनत गरेर २ बर्ष लगाएर बचत गरेको २ लाख रुपैयाँ झिक्न नपाएको गुनासो गरे । अवध पोस्ट्सँग कुरा गर्दै ठटेरले भने, ‘शुक्रबार जाँदा आईतबार आउन भने, आज (आईतबार) जाँदा बैंकमै ताला लागेको थियो । अब हाम्रो पैसा दिने ग्यारेन्टी कसले गर्छ ?’

20190526_161307

पीडित बचतकर्ताहरु रकम जम्मा गरेको पासबुक देखाउँदै जिल्ला प्रशासन कार्यालयमा ।

त्यस्तै १५ बर्षदेखि रकम जम्मा गर्दै आएकी चाँदआरा दर्जीले पनि आफ्नो करिब १४ लाख रुपैयाँ बचत रहेको बताईन् । उनले भनिन्, ‘हामी त आफ्नै घरजस्तो मान्थ्यौं । पैसा झिक्न आएको त बैंकमा पैसा नै छैन । जहिले आएपनि आज आउ, भोलि आउ मात्र भन्थे । अहिले त सबै कर्मचारी नै भागेको भन्ने सुनें । हामी बहुत मुसिबतमा परेका छौं ।’

20190526_160601

जिल्ला प्रशासन कार्यालमा भेटिएका सहकारी वित्तीय संस्था लिमिटेड सञ्चालक समितिका अध्यक्ष हरदेव बक्स चौधरीले चाँडै नै ग्राहकहरुलाई आंशिक भुक्तानी भएपनि दिने तयारी भईरहेको बताएका छन् । अपचलन गर्ने कर्मचारीहरुको पहिचान भईसकेको र उनीहरुले रकम तिर्ने कबुलियत गरेको पनि संचालक समिति अध्यक्ष चौधरीको भनाई छ ।

उनले अपचलनमा संलग्नता स्वीकारेका कर्मचारीबिरुद्ध प्रहरीमा जाहेरी दिईएको पनि बताए । तर कुन, कुन कर्मचारीले रकम अपचलन गरेका हुन् भन्नेबारे भने चौधरीले खुलाएनन् । को–को संलग्न छन् भन्ने थप अनुसन्धान गरेपछि स्पष्ट हुने उनको भनाई थियो ।

कर्मचारीहरुबाट अपचलन भएको संस्थाको रकम र सो सम्बन्धी पूर्ण अध्ययन गर्न अँझै कम्तिमा १५ दिन लाग्ने भन्दै संचालक समितिको शनिबारको बोर्ड बैठकले २६ गतेसम्म बैंैंकिङ कारोबार स्थगन गर्ने निर्णय गरेको छ । संस्थाले ग्राहकहरुको रकम संस्थामा सुनिश्चित रहेको र संस्थाको आन्तरिक हिशाब छिट्टै मिलान गरी संस्था नियमित संचालन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

संचालक समितिका अध्यक्ष चौधरीलाई बचतकर्ताहरुको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको छ । अपचलनमा संलग्न भनिएका कर्मचारीहरुको खोजी भईरहेको र सञ्चालक समितिका सदस्यहरुलाई बोलाएर घटनाबारे बुभ्mने तयारी भईरहेको पनि बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिएका छन् ।

२०५१ सालमा स्थापना भएको यो सहकारी वित्तीय संस्था लिमिटेड ३ हजार भन्दा बढी ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*