आईटी अध्ययनमा आकर्षण : पढाई नसकिँदै कामको अवसर !

Posted:: (3 weeks ago) | May 31, 2019| 360 views

नेपालगन्ज कलेजबाट सूचना प्रविधि (आईटी) मा स्नातक तह अन्तिम सेमेस्टरको परीक्षा दिएर बसेका धनञ्जय काफ्ले यतिबेला टेक्नोपोएट्स कम्पनीमा आबद्ध छन् । बीएससी सीएसआईटी कोर्ष गरेका धनञ्जय सफ्टवेयर र विभिन्न एप्स बनाउन व्यस्त छन् । सूचना प्रविधि क्षेत्रमा काम गर्न स्थापित नेपालगन्जस्थित टेक्नोपोएट्सले धनञ्जयलाई आकर्षक पारिश्रमिकसहित सेवा–सुविधा दिएर आफ्नो कम्पनीमा आबद्ध गराएको हो ।

टेक्नोपोयट्सका अलावा धनञ्जय नेपालगन्ज कलेजमै पार्टटाईम काम गरिरहेका छन् भने वेवसाईट डिजाईनको कामलाई पनि सँगसँगै अघि बढाएका छन् । सफ्टवेर निर्माणमा विशेष दख्खल राख्दै आएका धनञ्जय आफ्नो पढाई पुरा नहुँदै राम्रो आर्जन गर्न सफल भएका छन् ।

हरेक क्षेत्रमा सूचनाप्रविधिको प्रयोग अनिवार्यजस्तै बनेको वर्तमान सन्दर्भमा सूचनाप्रविधिको अध्ययन धनञ्जय जस्तै धेरैका लागि आकर्षक बन्न पुगेको छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यो विषय पढेकाहरु अहिले बेरोजगार बस्नुपर्ने अवस्था छैन । सरकारी कार्यालय, वित्तीय संघ/संस्था, स्थानीय तह लगायत अन्य कर्पोरेट जगतमा सूचना प्रविधि पढेकाहरु माग उच्च छ ।

अवसर हुँदाहुँदै पनि नेपालको आईटी बजारमा पर्याप्त जनशक्तिको अभाव भने कायमै छ । बजारको डिमाण्ड अनुसार आईटीका जनशक्ति नेपालमै उपलब्ध छैनन् । त्यसमाथि पश्चिम क्षेत्रमा त आइटीमा दखल राख्नेहरुको झनै अभाव छ । त्यसैले रोजगारीका लागि होस् वा आफै व्यवसाय गर्न होस्— आईटी अध्ययन एउटा राम्रो अवसर हुन सक्छ ।

nepalgunj college (1)

‘साँच्चै भन्ने हो भने बजारको माग अनुसार अहिले नेपालमा आईटी पढेका जनशक्तिको अभाव नै छ । खुल्ला बजारमा आईटीको स्कोप दिनानुदिन राम्रो हुँदै गएको छ । पश्चिम क्षेत्रको हकमा आईटीको अध्ययन र त्यसबाट सृजित हुने रोजगारीको अवसर तुलनात्मकरुपमा अँझै बढी राम्रो देखिन्छ ।’, धनञ्जयले भने ।

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यो विषय अध्ययन गर्ने विद्यार्थीको संख्या पनि उत्तिकै बढ्दो छ । त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त नेपालगन्ज कलेजका अलावा अहिले महेन्द्र बहुमुखी क्याम्पस र बाँके बागेश्वरी क्याम्पसमा पनि आईटीको अध्यापन हुँदै आएको छ ।

nepalgunj college (2)
नेपालगन्ज कलेजका निर्देशक निशान्त शाक्यका अनुसार उनको कलेजमा अध्ययन गरेका पहिलो ब्याजका प्राय सबै विद्यार्थी अन्तिम सेमेस्टरको नतिजा नआउँदै रोजगार भएका छन् । प्रायः सबैले आकर्षक कमाई गर्न पनि सफल भएका छन् ।

सूचनाप्रविधि (आईटी) अन्तर्गत विशेषगरी सफ्टवेयर, हार्डवेयर, टेलिकम र कम्प्युटर प्रणालीसम्बन्धी अध्ययन गराइन्छ । बिएससी सीएसआईटी पढेकाहरुले मुख्यगरी सफ्टवेयर डेभलपर, प्रोग्रामर, वेब डेभलपर, नेटवर्क एडमिनिस्ट्रेटर, सिस्टम एडमिनिस्ट्रेटर, डाटाबेस एडमिनिस्ट्रेटर, सिस्टम एनालिस्ट, साईबर सेक्युरिटी एक्सपर्ट, डिजिटल मार्केटिङ एक्सपर्ट, एसईओ एक्सपर्ट, एनिमेटरका रुपमा आफ्नो करियर बनाउन सक्छन् ।

नेपालगन्ज कलेजमा अध्ययन गरेर आईटी क्षेत्रमा कार्यरतहरु ।

नेपालगन्ज कलेजमा अध्ययन गरेर आईटी क्षेत्रमा कार्यरतहरु ।

पढाई सकिनासाथै रोजगारीको अवसर प्राप्त हुने र आईटीसँग सम्बन्धित आफ्नै व्यवसाय संचालन गरेर समेत राम्रो आर्जन गर्न सकिने भएकाले अहिले आईटीप्रति विद्यार्थीहरुको आकर्षण बढेको नेपालगन्ज कलेजका निर्देशक शाक्यको भनाई छ । उनी भन्छन्— ‘हाम्रो कलेजमा पढेका अधिकांश विद्यार्थीहरुले राम्रो काम गरिरहेका छन् । आईटी पढेका विद्यार्थीहरुलाई स्वदेशमा मात्र नभई विदेशमा पनि कामको अवसर पर्याप्त भएकाले यसप्रति विद्यार्थीहरुको आकर्षण बढेको हो ।’

करिब ४ लाख रुपैयाँ खर्चमा नेपालगन्ज कलेजमा बीएससी सीएसआईटीको पढाई पुरा हुने जानकारी दिएका शाक्यले करिब ३ लाख २५ हजार रुपैयाँ खर्चमा नेपालगन्ज कलेजमा बिसीए कोर्षको पनि अध्यापन गराईरहेको बताए । शाक्यका अनुसार सीएसआईटी पढ्न प्लस टुमा साईन्स पढेकै हुनुपर्ने भएपनि बिसीए कोर्ष गर्न अन्य संकायकाले पनि पाउँछन् ।

बिसीए कोर्ष पढेकाहरुले पनि सफ्टवेयर डेभलपर, प्रोग्रामर, वेब डेभलपर, नेटवर्क एडमिनिस्ट्रेटर, सिस्टम एडमिनिस्ट्रेटर, डाटाबेस एडमिनिस्ट्रेटर, सिस्टम एनालिस्ट, साईबर सेक्युरिटी एक्सपर्ट, डिजिटल मार्केटिङ एक्सपर्ट, एसईओ एक्सपर्ट, एनिमेटरका रुपमा आफ्नो करियर बनाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*