बर्दिया कारागारका कैदी नेपालगन्जमा भेटिएपछि…

Posted:: (4 months ago) | May 31, 2019| 475 views

बर्दिया जिल्ला कारागारमा सजाय भुक्तान गरीरहेका एक कैदी नेपालगन्जमा ‘घुमिरहेको’ अवस्थामा पक्राउ परेका छन् । उपचारका लागि नेपालगन्ज आएका भनिएका कैदी रबि पुनलाई ५ नम्बर प्रदेश प्रहरी ब्यूरोको टोलीले पक्राउ गरेको हो । कर्तब्य ज्यान मुद्दामा सजाय काटिरहेका पुन बर्दिया जिल्ला कारागारका चौकीदार समेत हुन् ।

cropped-Arrested-611631070

प्रतिकात्मक तस्विर (गुगलबाट)

नेपालगन्जबाट पक्राउ परेका पुनलाई शुक्रबार नै बर्दिया पठाईसकिएको छ । बर्दिया जिल्ला कारागारले भने पुन घुम्न नभई उपचारका लागि नेपालगन्ज गएको दाबी गरेको छ । बर्दिया जिल्ला कारागारका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले कारागारको सुरक्षा शाखाले पुनलाई प्रक्रिया पु¥याएरै उपचारका लागि नेपालगन्जमा पठाएको दाबी गरे ।

अवध पोस्ट्सँग कुरा गर्दै ल्याब असिस्टेन्ट समेत रहेका पोखरेलले भने, ‘उनको (पुनको) खुट्टामा भएको घाउको उपचार गराउन सुरक्षा शाखाले पत्र नै बनाएर १ जना सिपाहीसहित नेपालगन्ज पठाएको हो । तर उनीहरुले पत्र लैजान विर्सेका कारण प्रदेश प्रहरीले पक्राउ गरेको भन्ने जानकारीमा आएको छ । पत्र नबोकेर हिंड्दा यस्तो समस्या आएको हो ।’

पुन कारागारका एक जना सिपाहीसँग मोटरसाईकलमा चढेर उपचारका लागि नेपालगन्ज आएको कारागारको भनाई छ । पुनसँगै आएका सीपाहीले पत्रमात्र नभई हतियार पनि नबोकेको हुँदा प्रदेश प्रहरीले शंका लागेर पक्राउ गरी बुझाएको बर्दिया जिल्ला कारागारका जेलर विजय मल्लको भनाई छ । जेलर मल्लले भने, ‘उपचारका लागि कैदीलाई लैजाँदा प्रहरीले हतियार र उपचारका लागि सुरक्षा शाखाले पठाएको पत्र बोक्नुपथ्र्यो । तर त्यसमा लापरवाही गरेको देखियो ।’ पुन पक्राउ पर्दा कारागारका सिपाही पनि सँगै रहेको समेत जेलर मल्लले बताए । कैदी पुन नेपालगन्जमा घुम्दै गर्दा पक्राउ परेको भन्ने सत्य नभएको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*