अन्तर वडास्तरीय क्रिकेट : व्यवसायिक क्रिकेटको प्रबर्धनमा सघाउ पुग्ने विश्वास

Posted:: (4 months ago) | June 1, 2019| 306 views

यही २४ गतेदेखि आयोजना हुने अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितालाई भव्य बनाउने विषयमा आयोजकले यहाँका सञ्चारकर्मीहरुसँग छलफल गरेको छ । आयोजक ग्रुप अफ युथ सिक्स्टिनले शनिबार नेपालगन्जमा छलफल गरी प्रतियोगिताको प्रचार–प्रसारमा कसरी व्यापकता ल्याउन सकिन्छ र भव्यतापूर्वक सफल बनाउन सकिन्छ भन्ने विषयमा सञ्चारकर्मीहरुबाट सुझाव लिएको थियो ।

सञ्चाकर्मीहरुले बाँके जिल्लाको व्यावासायिक क्रिकेट प्रबद्र्धनका लागि खेलाडीहरुको उत्साहजनक सहभागिता र क्रिकेटप्रेमीहरुलाई समेत अपनत्व महशुस हुने गरी प्रतियोगिता आयोजना गर्न सुझाएका थिए । जिल्लामा विद्यालय तहभन्दा बाहिरका खेलाडीहरुले लामो समयदेखि प्रतियोगिता खेल्न नपाईरहेको अवस्थामा आयोजना हुन लागेको अन्तर वडास्तरीय क्रिकेटले समग्र क्रिकेट र क्रिकेटरको व्यवसायिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

करिब साढे १० लाख रुपैयाँ खर्चमा आयोजना गर्न लागिएको अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा २३ वटै वडा सहभागि हुने आयोजक ग्रुप अफ युथ सिक्स्टिनका सदस्य एवम् कार्यक्रम संयोजक तरुण बज्राचार्यले जानकारी दिए । जसमा वडा नं. १२ ले २ लाख ५० हजार रुपैयाँ, ११ र १२ नं. वडाले १/१ लाख रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाले नगद १ लाख ६१ हजार रुपैयाँ उपलब्ध गराउनुका साथै सबै टिमका खेलाडी, अफिसियलहरुका लागि ड्रेस उपलब्ध गराउँदै छ । प्रतियोगिता आयोजनाका लागि आवश्यक पर्ने अरु रकम प्रायोजकबाट खोजिने पनि बज्राचार्यले जानकारी दिए ।

‘स्कुल लेभलमाथि माथी र स्कुल बाहिरका खेलाडीले लामो समयदेखि प्रतियोगिता खेल्न नपाईरहेको अवस्थालाई मध्यनजर गरी हामीले खेल आयोजना गर्न लागेका हौं । यो प्रतियोगितामा नेपालगन्जका सबै क्रिकेट खेलाडीहरु समेटिने हाम्रो विश्वास छ ।’,कार्यक्रम संयोजक तरुण बज्राचार्यले भने।

आयोजक ग्रुप अफ युथ सिक्स्टिनका सदस्यहरु ।

आयोजक ग्रुप अफ युथ सिक्स्टिनका सदस्यहरु ।

प्रतियोगितामा सहभागिताका लागि प्रत्येक वडाका वडा कार्यालयले पहलकदमी लिने छन् । जनप्रतिनिधिहरु कुनै न कुनैरुपमा टीममा आबद्ध हुने छन् । आयोजक ग्रुप अफ युथ सिक्स्टिनका सचिव राम श्रेष्ठका अनुसार एउटा वडाको खेलाडीले अर्को वडाबाट खेल्न पाउने छैन । सचिव श्रेष्ठले यो प्रतियोगिता व्यसायिकरुपमा क्रिकेटमै करियर बनाउन चाहनेहरुका लागि महत्वपूर्ण अवसर हुन सक्ने बताए । ‘प्रतियोगिता आयोजना हुँदैगर्दा यहाँका क्रिकेट खेलाडी र क्रिकेटप्रेमीमा उत्साह संचार भएको छ । यसले पक्कै पनि यहाँको व्यवसायिक क्रिकेटको विकासमा सघाउ पु¥याउने छ ।’, सचिव श्रेष्ठले भने ।

प्रतियोगिता मंगलप्रसाद माध्यामिक विद्यालयको मैदानमा हुने छ । ३२ गतेसम्म प्रत्येक दिन एउटा खेल हुने छ भने शनिबार दुई वटा खेल हुने छ । त्यसपछि ३ गते हुने फाईनलबाहेक हरेक दिन ३ खेल हुने छ । प्रतियोगिता टेनिस बलले खेलाईने छ । बाँके जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गरिरहेको यो प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले १ लाख र दोस्रो हुने टिमले ५० हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि आकर्षक (क्रिकेट किट्स) प्रदान गर्ने आयोजकको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*