गजल

Posted:: (5 months ago) | June 3, 2019| 206 views
– एकतारे

– एकतारे

हुन त चिन्नेले चिनेका छन् नाउँबाट
सोध्छन् सोध्नेले तँ आईस् कुन ठाउँबाट

मान्छे नै नभएको शहर पनि के शहर?
छिट्टै फर्की आऊ ए काठमाडौं गाउँबाट

नगर्ने के गर्ने के गरेरै सिकाए मलाई
जिन्दगी नै पाएको हो मैले बाउबाट

यात्रा सहज पारे बापत यात्रा साथै गर्यो
यसरी धन्यवाद पायो जुत्ताले पाउबाट

हरेक गजलमा ‘एकतारे’ लेखिएको छ
यो शायर चिनिन्छ रे आजकाल नाउँबाट

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*