भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी : सात जना पक्राउ, अठ्तीस लाख बरामद

Posted:: (3 months ago) | June 4, 2019| 321 views

गोर्खा राइफल्स अन्तर्गत भारतीय सेनामा भर्ती गरिदिने भन्दै लाखौं रकम असुल्ने सात जना नेपालगन्जमा पक्राउ परेका छन् । नेपालगन्जको होटल वाटिकाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख नायब उपरीक्षक प्रकास सापकोटाले जानकारी दिए ।

पक्राउ पर्नेमा ५ पुरुष र २ महिला छन् । पुरुषहरु पूर्व भारतीय सेना भएको पनि प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा ५ जना भारतीय सेनामा छनौट गराईदिने भन्दै रकम असुलेको थाहा भएको र महिलाहरुको भने अहिलेसम्म संलग्नता नदेखिएको पनि प्रहरी नायब उपरीक्षक सापकोटाको भनाई थियो ।

police banke

पक्राउ परेकाहरुको साथबाट ३८ लाख रुपैयाँ बरामद भएको छ । उजुरी गर्न अहिलेसम्म कोही पनि नआएको हुँदा रकम कसले दियो र प्रतिव्यक्ति कति असुलिएको थियो भन्ने जानकारी हुन नसकेको प्रहरीले जनाएको छ । अहिले प्रहरी तालिम केन्द्र कारकाँदोमा भारतीय सेनाको छनौट प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*