वडास्तरीय क्रिकेटको उद्घाटन भोलि (म्याच तालिकासहित)

Posted:: (2 weeks ago) | June 6, 2019| 247 views

अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन भोलि हुने भएको छ । दिउँसो ३ बजे सहरी विकास मन्त्री मो. इश्तियाक राईले प्रतियोगिताको उद्घाटन गर्ने तय भएको आयोजक द ग्रुप अप युथ सिक्स्टिनका सचिव राम श्रेष्ठले जानकारी दिए ।

उद्घाटन समारोहमा २३ वटै वडाको टिमका सदस्यहरु, अफिसियल, मेयर, उपमेयर लगायत उपस्थित हुँदैछन् । उद्घाटन समारोहपछि आयोजक टिमसँग बाँके जिल्ला क्रिकेट संघ र पत्रकारको संयुक्त टिमले मैत्रीपूर्ण खेल खेल्ने छ । त्यस्तै उद्घाटन समारोहमा प्याब्सन नगर कमिटीसँगको समन्वयमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ ।

प्रतियोगिता भने शनिबार बिहान ६ बजेदेखि सुरु हुने छ । नेपालगन्जका २३ वटै वडा सहभागि प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ३ र वडा नं. ५ भीड्ने छन् ।

प्रतियोगिता हुने मैदानमा पानी हालेर सम्याउने र सफा गर्ने काम गरिँदै ।

प्रतियोगिता हुने मैदानमा पानी हालेर सम्याउने र सफा गर्ने काम गरिँदै ।

खेल आयोजना हुने मंगल प्रसाद माबिको मैदानमा निशल्क इन्टरनेटको व्यवस्था गरिएको छ । इन्टरनेट सेवा प्रदायक सुविसुले संचारकर्मी, दर्शक सबैका लागि निशुल्क वाईफाईको व्यवस्था गरिदिएको श्रेष्ठले जानकारी दिए ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन गरेको यो प्रतियोगिताका लागि नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ ले गरी करिब ६ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

woda cricket tayari (1)

साढे १० लाख रुपैयाँ लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ ।

dainik match talika

 

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*