मन्त्री राईद्वारा अन्तर वडास्तरीय क्रिकेटको उद्घाटन

Posted:: (3 months ago) | June 7, 2019| 232 views

नेपालगन्जमा भोलिदेखि अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता अन्तरगतका खेलहरु हुँदैछ । प्रतियोगिता सुरु हुनु अघिल्लो दिन शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको प्रमुख आतिथ्यतामा भव्य उद्घाटन समारोह आयोजना गरिएको छ।

cricket (1)

जहाँ बाँके जिल्ला क्रिकेट संघ र पत्रकार सम्मिलित टिम तथा आयोजक द ग्रुप अफ सिक्स्टिनबीच मैत्रिपूर्ण खेल भएको थियो । त्यस्तै विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

cricket (3)

प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री राईले नेपालगन्जका प्रत्येक वडामा फुटसल पिच निर्माण गर्ने आयोजना बनेको जानकारी दिए । उनले सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन ईकाईमार्फत प्रत्येक वडाले फुटसल पिच निर्माणका लागि बजेट प्राप्त गर्न सक्ने बताए । ‘प्रत्येक वडामा फुटसल खेल्नका लागि व्यवस्था गरिएको छ । तपाइँहरु (वडाध्यक्षहरु) सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन ईकाईसँग समन्वय गरेर आयोजना अघि बढाउन सक्नुुहुन्छ ।’, मन्त्री राईले भने ।

cricket (2)

त्यस्तै उनले बाँकेको क्रिकेटको विकासका लागि पनि आफू सक्दो सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘म व्यक्तिगत रुपमा पनि क्रिकेटको विकासका लागि तयार छु । नेपाल सरकारको मन्त्रीका हैसियतले सरकारबाट पनि सहयोग जुटाउने प्रतिबद्धता जनाउँछु ।’

शुक्रबार भएको १० ओभरको मैत्रीपूर्ण खेलमा आयोजक टोली बिजयी भएको छ । आयोजक टोलीले बाँके जिल्ला क्रिकेट संघलाई १७ रनले पराजित गरेको हो । टस जितेर पहिला व्याटिङ्ग गरेको आयोजकले ८९ रन बनाएको थियो ।

DSC_0314 (1)

९० रनको लक्ष्य पछ्याएको बाँके जिल्ला क्रिकेट संघको टोलीले १० ओभर पुरा खेलेपनि मात्र ७३ रन जोड्न सक्यो । ६३ रन प्रहार गर्ने आयोजक टोलीका सन्तोष शाह म्यान अफ द म्याच घोषित भए ।
आजका खेल

भोलिको म्याच तालिका

वडा न. ३ का विरुद्ध वडा नं. ५ (विहान ६ बजे)
वडा नं. ८ का बिरुद्ध वडा नं. ६ (बिहान ८ बजे)
वडा नं. १४ का विरुद्ध वडा नं. १७ (दिउँसो २ बजे)
वडा नं. १५ का विरुद्ध वडा नं. १६ (दिउँसो ४ बजे)

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*