जिल्ला लिग फुटबल सुरु : नवदुर्गा र बुद्ध युवा क्लव विजयी

Posted:: (1 week ago) | June 8, 2019| 119 views

बाँकेमा जिल्ला लिग फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा भईरहेको प्रतियोगिता अन्तरगत पहिलो दिनको खेलमा नवदुर्गा युवा क्लव, कम्दी र बुद्ध युवा क्लव, मुक्तिपुर विजयी भएका छन् ।

football 2

नवदुर्गा युवा क्लवले युनाइटेड क्लव, नेपालगन्जलाई ५–० गोलले पराजित ग¥यो । एकतर्फी भएको खेलमा नवदुर्गाका लागि निमबहादुर हमालले दुई, जीवन चन्द, देवराज गिरी र यामबहादुर बुढाथोकीले एक/एक गोल गरेका थिए ।

football 1

अर्को खेलमा बुद्ध युवा क्लवले जयकिसन क्लव, सैनिकलाई २–० गोलले पराजित गरेको हो । बुद्धका लागि अनिस लामा र तिलक भण्डारीले एक/एक गोल गरेका थिए ।

प्रहरी तालिम केन्द्रमा जिल्ला लिग भइरहेको छ । प्रतियोगिताको उद्घाटन पनि तालिम केन्द्रका गणपति एसएसपी डा. देवबहादुर बोहराले गरेका थिए । एसएसपी बोहराले रेफ्री अमर घलेलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए ।

football

जिल्लामा यो बर्ष ११ वटा टीमले भाग लिएका छन् । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीका अनुसार, गतवर्ष १४ वटा क्लवले जिल्ला लिग खेलेका थिए । जिल्ला लिगको विजेताले प्रदेशमा सहभागिता जनाउन पाउँछ । प्रदेश च्याम्पियनले केन्द्रमा खेल्न पाउने प्रशिक्षक रविन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*