अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता : वडा नं. ४ र १५ विजयीे

Posted:: (5 days ago) | June 13, 2019| 84 views

नेपालगन्जमा जारी अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा वडा नं. ४ र १५ विजयी भएका छन् ।

नेपालगन्जको मंगलप्रसाद माविको खेल मैदान भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ४ ले वडा नम्बर २ लाई ५ बिकेटले पराजित ग¥यो । टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २ ले निर्धारित १५ ओभरमा ६ बिकेट गुमाउँदै ९५ रन बनाएको थियो । जसमा अमर लाल श्रेष्ठले ४०, बिरेन्द्र कुमार गुप्ताले १६ र रितेश सिंहले १४ रनको पारी खेलेका थिए । वडा नं. ४ का बलर निजामुदिन हल्बाइले २, सुनिल भन्डारीले १ बिकेट लिए ।

जवाफी व्याटिङ्मा आएको वडा नं. ४ ले ६ दशमलब ४ ओभरमै बिजयी लक्ष्य भेटायो । उसका लागि राष्ट्रिय क्रिकेट खेलाडी आकाश बिस्टले १७ बलमा ८ चौक्का र १ छ्क्काको मद्दतले ४३ रनको पारी खेले भने सुनिल भन्डारीले १० बलमा २५ र सलिम हल्वाइले १२ रन बनाए । २ का बलर रितेश सिंह र रोहित सिंहले २/२ बिकेट लिए । खेलमा आकाश बिस्ट म्यान अफ द म्याच घोषित भए ।
cricket
दोस्रो खेलमा वडा न १५ बिजयी भयो । उसले वडा नम्बर १३ लाई ८ रनले पराजित ग¥यो । पहिला व्याटिङ गरेको वडा नं. १५ ले निर्धारित १५ ओभरमा ८ बिकेट गुमाउँदै १ सय ८ रन वनायो । जसमा जिवल राइले ३४, गुरुचन सिंहले १९, नरेन्द्र सिंहले १४ रनको पारी खेले ।

१३ का बलर पवन केवटले ३, प्रशान्त श्रेष्ठले २ र विशाल डाँगीले २ विकेट लिए । जबाफी व्याटिङमा आएको वडा नं १३ ले १५ ओभरमा सय रन मात्र बनाउन सक्यो ।

जसमा प्रताप शर्माले २८ र विशाल डाँगीले २१ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदशन गर्न सकेनन् । १५ का नरेन्द्र सिँहले ३ र जिवल राइले २ विकेट लिए ।

खेलमा नरेन्द्र सिँह म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा वडा नं. २३ र १९ तथा दोस्रोमा वडा नं. ३ र ११ बीच खेल हुने आयोजक द ग्रुप अफ सिक्स्टिनका अध्यक्ष विष्णु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*